सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

सीता माविमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान

सीता माविमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    सीता माविमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान
    images
    images
    images

    लुम्बिनी पाना, देवदह ।रुपन्देहीको देवदह -१० मा अवस्थित सीता माध्यमिक विद्यालयमा माध्यमिक शिक्षा परिषद् (एसईई)मा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरिएको छ।

    आइतबार विद्यालयमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा एसईईमा उतिर्ण विद्यार्थी तथा अभिभावकलाई सम्मान गरिएको हो। सीता माविबाट नियमित तर्फ ९३.७५% र ग्रेड वृद्धि १००% विद्यार्थी उत्तीर्ण हुन सफल भएका थिए।

    images
    images
    images

    एसईईमा सबै भन्दा बढी जिपिए ३.८३ ल्याउन सफल दिपिका गाहा तथा उत्तीर्ण हुन सफल विद्यार्थी सहित कक्षा ८ र १० मा उत्कृष्ट नतिजा ल्याउने विषयगत शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो।

    बधाई तथा शुभकामना कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिका वडा नम्बर -१० का अध्यक्ष एक बहादुर सुनारले विद्यार्थीहरुलाई थप मिहेनत र धैर्यताका साथ अध्ययन गरि उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्न शुभकामना व्यक्त गर्नुभएको थियो।

    बधाई तथा शुभकामना कार्यक्रम वडा सदस्य एवं जनप्रीय माविका अध्यक्ष अमर लामिछाने, वि.व्य.स सदस्य फुलमाया राना लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।

    विद्यालयका प्रधानाध्यापक उमाकान्त अधिकारीको अध्यक्षता, शिक्षक साबित्रा पोख्रेलको स्वागत र सहायक प्रअ पुरुषोत्तम ज्ञवालीको संचालनमा भएको कार्यक्रममा वडा नम्बर १० का वडा सदस्य कमला दर्जी,वि.व्य.समिति पदाधिकारी, अभिभावक, शिक्षक विद्यार्थीहरुको सहभागीता रहेको थियो।

    त्यस्तै सोमबारबाट कक्षा ११ मा शिक्षा र ब्यवस्थापन तर्फका विभिन्न विषयमा भर्ना खुला गरिएको समेत विद्यालयले जनाएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij