लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा अवस्थित महामाया भवानी माविमा लागू औषध दुर्व्यसनी न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। देवदह नगरपालिकाको आयोजनामा बालबालिकाहरुका लागि लागू औषध दुर्व्यसनी न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सोमबार सम्पन्न भएको हो।
सचेतनामूलक कार्यक्रम देवदह नगरपालिका उपप्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षता, नगर प्रमुख ध्रुव प्रसाद खरेलको प्रमुख आतिथ्यता, कार्यपालिका तथा वडा सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको थियो।
महामाया भवानी माध्यमिक विद्यालयमा अध्यनरत करिव २०० जना विद्यार्थीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सहजीकरण देवदह आदर्श बहुमुखी क्याम्पस प्रमुख/पूर्व देवदह स्वास्थ्य चौकी प्रमुख जय किसन अधिकारीले गर्नुभएको थियो।
देवदह नगरपालिका उपप्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षता, नगर प्रमुख ध्रुव प्रसाद खरेलको प्रमुख आतिथ्यता, कार्यपालिका तथा वडा सदस्य र विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
महामाया भवानी मा.वि.का प्रधानध्यापक ऋषिश्वर अर्यालको स्वागत र सुरज पोख्रेलीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij