सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

केरवानी माविमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान

केरवानी माविमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान

images
  • 911
    SHARES

  • images
    images
    images
    केरवानी माविमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह -५ मा अवस्थित केरवानी माध्यमिक विद्यालयमा एसईई २०८१ मा सहभागी भई उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्मान गरिएको छ। मंगलबार विद्यालयको सभाहलमा एसईई उतिर्ण विद्यार्थी तथा अभिभावकलाई बधाई ज्ञापन सङ्गै सम्मान गरिएको हो।

    केरवानी माविबाट एसईई परिक्षामा साधारण तर्फ सहभागी  ४६ जना विद्यार्थीमध्य ४४ जना (९५.६५ प्रतिशत) उत्तीर्ण भएको र ३.८९ जिपिए सहित शिव थारु चौधरीले उत्कृष्ट नतिजा हासिल गरेका थिए । त्यस्तै बाली बिज्ञानतर्फ २४ जना विद्यार्थी मध्ये १७ जना (७०.८३ प्रतिशत) उतीर्ण हुन सफल भएका थिए। 

    images
    images
    images

    त्यस्तै शतप्रतिशत नतिजा हासिल गर्ने विषय शिक्षकहरु सन्जय कुमार शुक्ला एग्रीकल्चर साइन्स, होमनाथ शर्मा अङ्ग्रेजी, कमल न्यौपाने एग्रीकल्चर फुड, विवेक पाण्डे कम्युटर साइन्स, अर्जुन गौतम अप्सनल म्याथ, अर्थशास्त्र भावना पराजुली, यज्ञ प्रसाद न्यौपाने नेपाली, जमुना लामिछाने, कमल प्रसाद ज्ञवाली, सगुन बश्याल र ८० प्रतिशत पास गराउन सफल विषय शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो।  

    बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य निर्मल ढुंगानाले देशभर ३५ हजार विद्यालयमा मावि तह संचालन रहेको र त्यस मध्ये ४२२ नमुना विद्यालय मध्य रुपन्देहीकाका ९ वटा विद्यालयमा केरवानी मावि पनि नमुना विद्यालयको रुपमा छनोट भएको बताउनुभयो। शैक्षिक नतिजा सुधारका लागि विद्यालयले अहोरात्र मिहेनत गरेको र इतिहासमै पहिलोपटक ३.८९ सहित उत्कृष्ट नतिजा प्राप्त गरे पश्चात नतिजा समेत देखिएको प्राचार्य ढुंगानाको भनाई थियो। 

    साइन्स, प्लान्ट साइन्स, म्यानेजमेन्ट तर्फ उत्कृस्ट व्यवस्थापन र गुणस्तरिय मेनपावरका साथ् अध्यापन गराइने भएकोले समय र थप खर्च हुने जोखिमलाई व्यवस्थित गरि विद्यालयमा भर्ना हुन आग्रह गर्नुभयो। त्यस्तै विद्यालयले पहिला भर्ना हुने ५० जना विधार्थीलाई नि : शुल्क भर्नाको व्यवस्था गरिएको र एनजी आएका विद्यार्थीहरुलाई ग्रेड वृद्धि गर्नका लागी नि:शुल्क कोचिङको व्यवस्था गरिने विद्यालयले जनाएको छ। 

    एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नगर प्रबक्ता एवं देवदह -५ का वडा अध्यक्ष गणेश डुम्रेले शैक्षिक परिश्रमनै सफलताको खुड्किलो भएकोले उज्ज्वल भविष्यको लागि अथक मिहेनत गर्न आग्रह गर्नुभयो। पछिल्लो समय सामुदायिक विद्यालयमा पनि उत्कृस्ट नतिजा सहित विद्यार्थीहरु उत्तीर्ण हुन सफल भएकोले उत्कृस्ट नतिजाका लागि सामुदायिक विद्यालय पनि अब्बल हुँदै गएको पुष्टि भएको धारणा व्यक्त गर्नुभयो। 

    बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष वासुदेव रिमाल, युगज्योति माविका प्राचार्य राजु अर्याल, विद्यालयका सहायक प्राचार्य खेमानन्द ज्ञवाली, शैक्षिक अभियन्ता युवराज चापागाईं, विद्यालयका प्लस 2 इन्चार्ज कृष्ण ज्ञवाली, नारायण अर्याल, भिमदेव ढकाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। 

    बधाई तथा सम्मान कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र पाण्डेको अध्यक्षता, सहायक प्राचार्य कमल ज्ञवालीको स्वागत र शिक्षक यज्ञ प्रसाद न्यौपाने"दिपक" को संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij