लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदह स्थित न्यू नमुना ईङ्गलिस बोर्डिङ्ग हाईस्कुलमा एसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरिएको छ । सोमबार देवदहको भलुहीमा रहेको विद्यालयमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा एसईईमा उतिर्ण विद्यार्थी तथा अभिभावकलाई सम्मान गरिएको हो। न्यू नमुना ईङ्गलिस बोर्डिङ्ग हाईस्कुलबाट १००% विद्यार्थी उत्तीर्ण हुन सफल भएका थिए ।
एसईईमा सबै भन्दा बढी जिपिए ३.९६ ल्याउन सफल केशव सुनारलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । विद्यालय ३९ जना विद्यार्थीलाई विद्यालयका अध्यक्ष केशव प्रसाद भटट्टराईले बधाई तथा सम्मान व्यक्त गर्दै विद्यार्थीहरुको गहना भनेको अनुशासन भएकाले अनुशासित ब्याक्तिको राज्यले समेत कदर गर्ने हुनाले सदैव अनुशासित हुनु पर्ने भनाई राख्नु भयो ।
कार्यक्रमका प्रमुख बक्ता समेत रहनु भएका अध्यक्ष भट्टराईले शिक्षाको महत्व हरेक विद्यार्थीले बुझ्न जरुरी रहेको भन्दै विद्यार्थीको माध्यामबाट अभिभावकले समेत समाजमा योगदान गर्न सक्नेमा विश्वस्त रहको बताउनु भयो । सहायक प्राचार्य लक्ष्मी अधिकारीको स्वागत तथा शिक्षक कृष्ण पन्थीको संचालनमा भएको बधाई तथा शुभकामना कार्यक्रममा विद्यालय प्रथम हुन सफल विद्यार्थी केशव सुनार, अभिभावक धन बहादुर प्ुँवार लगायतले मन्तब्य ब्याक्त गर्नु भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij