लुम्बिनी पाना, देवदह।देवदह नगरपालिका अन्तर्गत विभिन्न बाल समूह र सञ्जालमा रहेर एसईई उत्तीर्ण पदाधिकारीहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरिएको छ। देवदह नगरपालिका ५,६,७,८ वडाका बाल संजाल, टोल स्तरीय तथा विद्यालय स्तरीय बाल बाल समूहमा आबद्द रहेका एसईई उत्तीर्ण विद्यार्थीहरुलाई शनिबार बधाई तथा शुभकामना सम्पन्न गरिएको हो।

बधाई तथा शुभकामना कार्यक्रममा नगर स्तरीय बाल संजालका सहजकर्ता बबिता भट्टराईले भावी दिनहरूमा पनि सामाजिक र शैक्षिक कामहरुलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो। सहजकर्ता भट्टराईले बधाई ज्ञापन गर्दै सामाजिक र शैक्षिक सफलता हासिल गर्नका लागी अग्रसर तत्पर रहनुपर्ने धारणा राख्नु भएको थियो।
कार्यक्रम वडा स्तरीय बाल संजाल देवदह ८ का अध्यक्ष कृति न्यौपाने र वडा बाल संजाल देवदह -७ का उपाध्यक्ष सलिना खड्काको संचलानमा सम्पन्न भएको थियो। कार्यक्रममा बाल संजालका विभिन्न क्षेत्रका पदाधिकारीको उपस्थिति रहेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij