सोमवार, आश्विन १२ गते २०८३
लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा एकीकृत पाठ्यक्रममा आधारित सिकाई शिक्षण विधि बारे प्रशिक्षण सुरु भएको छ। प्याब्सन देवदहको आयोजनामा मन्टेश्वरीदेखी कक्षा युकेजी सम्म अध्यापन गराउने शिक्षकहरुको लागी २ दिने तालिम मंगलबारदेखि सुरु भएको हो।
देवदहका १० वटा संस्थागत विद्यालयका ८५ जना शिक्षक सहभागी दुई दिने तालीममा शिक्षण विधिबारे वर्क शप, सेभेन लक्की मोडालिटी, शैक्षिक सिकाई पद्धति बारे जानकारी सहित एकीकृत पाठ्यक्रममा आधारित सिकाई शिक्षण विधि बारे जानकारी दिईने प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्याब्सन रुपन्देहीका सल्लाहकार एक नारायण काफ्लेले एकीकृत पाठ्यक्रममा आधारित शिक्षण सिकाइ तथा मूल्याङ्कन प्रणालीमा सुधार ल्याउनुपर्ने आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो।
शिक्षकहरूको अभिमुखीकरणको कमी, पाठ्यक्रम प्रभावकारी बनाउन आवश्यक स्रोतसाधनको अभावका कारण यो विधि कार्यान्वयनमा चुनौतीहरू देखिएकोले बेलाबेलामा दिईने यस्ता खालका तालीमले प्रभावकारी हुने उद्घोष गर्नुभयो।
दुई दिन सम्म संचालन हुने तालीममा लेखक तथा प्रशिक्षक सानू आमात्यले सहजीकरण गर्नुभएको छ।आठराई पब्लिकेशनमा आबद्ध प्रशिक्षक अमात्यले शिक्षण सिकाई वर्क शप, सेभेन लक्की मोडालिटी, शैक्षिक सिकाई पद्धति बारे जानकारी गराउनुहुनेछ। न्यु मनिसा बुक्स एण्ड स्टेशनरीले तालीम संचालनको लागी सहयोग गरेको छ।
तालिमको उद्घाटन सत्र प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता, उपाध्यक्ष टिकाराम चापागाईंको स्वागत र सचीव कृष्ण प्रसाद गैरेको संचालनमा सम्पन्न भएको थियो।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij