मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

कक्षा १२ को नतिजा : देवदहमा ६४.१० प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को नतिजा : देवदहमा ६४.१० प्रतिशत विद्यार्थी उत्तीर्ण

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    कक्षा १२ को नतिजा : देवदहमा ६४.१० प्रतिशत विद्यार्थी उत्तीर्ण
    images
    images
    images

     

    •कक्षा १२ को नतिजा : देवदहमा ६४.१० प्रतिशत विद्यार्थी उत्तीर्ण
    •ग्रीन प्लान्टका स्वस्तिकाको ३.९५ जिपिए,
    •सामुदायिक तर्फ भविष्य निर्माणका सन्देहको ३.९४ जिपिए
    •सामुदायिक तर्फ ५४.६६ र संस्थागत तर्फ ७२.८८ प्रतिशत उत्तीर्ण

    लुम्बिनी पाना देवदह। राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागीमध्ये ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

    images
    images
    images

    कक्षा १२ को परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएका थिए । यसैगरी, आंशिकतर्फ एक लाख १४ हजार ६४० गरी र कूल जम्मा पाँच लाख दश हजार ९८७ परीक्षार्थी सहभागी भएका थिए।

     

     

     

     

    जस मध्य नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ जना विद्यार्थीहरुको परिक्षा रद्द भएको छ। नियमिततर्फ दुई लाख ४२ हजार ४६५ आंशिकतर्फ ४१ हजार ८४० गरि जम्मा २ लाख ८४ हजार ३०५ जना विद्यार्थी ग्रेडेड भएका छन् ।

    देवदहबाट ६४.१० प्रतिशत उत्तीर्ण ४ कक्षा १२ को परिक्षामा देवदह नगरपालिकाबाट १३ वटा विद्यालयका १०२५ जना विद्यार्थी सहभागी भएको र ६५७ जना विद्यार्थी उत्तीर्ण भएको देवदह नगरपालिका शिक्षा शाखा अधिकृत पर्शुराम ढकालले जानकारी दिनुभयो।

    सामुदायिक ९ र संस्थागत ४ गरि १३ वटा विद्यालयबाट ६४.१० प्रतिशत उत्तीर्ण भएको र ग्रीन प्लान्ट आवासीय माविका छात्रा स्वस्तिका गोतामेले ३.९५ सहित देवदह नगरपालिकामा उच्चतम जिपिए प्राप्त गरेको र सामुदायिक तर्फ श्री भबिस्य निर्माण माविका छात्रा सन्देह गोतामेले ३.९४ सहित उत्कृष्ट जिपिए प्राप्त गरेको शिक्षा अधिकृत ढकालले जानकारी दिनुभयो।

    देवदहमा रहेका सामुदायिक विद्यालय मध्य भबिस्य निर्माण मावि देवदह -२ बाट ३६ जना सहभागी मध्य ३१ जना ८६.११ प्रतिशत उत्तीर्ण, खड्ग मावि देवदह -१ बाट २० जना सहभागी मध्य १५ जना ७५ प्रतिशत उत्तीर्ण, महामाया भवानी मावि देवदह -४ बाट ६७ जना सहभागी मध्य ४८ जना ७१.६४ प्रतिशत उत्तीर्ण, देवदह मावि देवदह -७ बाट ४३ जना सहभागी मध्य २० जना ६२.७९ प्रतिशत उत्तीर्ण, केरवानी मावी देवदह -५ बाट(साधारण तर्फ) १४२ जना सहभागी मध्य ८५ जना ५९.८६ प्रतिशत उत्तीर्ण, सिक्टहन मावी देवदह -१२ बाट २६ जना सहभागी मध्य १४ जना ५३.८५ प्रतिशत उत्तीर्ण, सीता मावि देवदह -१० बाट ५६ जना सहभागी मध्य १७ जना ३०.३६ प्रतिशत उत्तीर्ण, जनप्रीय माविबाट ४३ जना सहभागी मध्य १२ जना २७.९१ प्रतिशत उत्तीर्ण , प्रगति मावि देवदह -१२ बाट ४७ जना सहभागी मध्य १० जना २१.२८ प्रतिशत उत्तीर्ण भएका छन् । त्यस्तै केरवानी मावि प्राविधिक धार तर्फ १४ जना विद्यार्थी सहभागी मध्य ११ जना उत्तीर्ण भएका छन् ।

    संस्थागत ४ वटा विद्यालयबाट ५३१ जना सहभागी, ७२.८८ प्रतिशत उत्तीर्ण ८ देवदह नगरपालिकामा संचालित ४ वटा संस्थागत विद्यालयबाट ५३१ जना सहभागी मध्य ३८७ जना अर्थात् ७२.८८ प्रतिशत उत्तीर्ण भएका छन् ।

    ग्रीन प्लान्ट आवासीय माविबाट सहभागी १८३ जना विद्यार्थी मध्य ११३ जना ६१.७५ प्रतिशत उत्तीर्ण भएका छन्। सोही विद्यालयका स्वस्तिका गोतामेले ३.९५ सहित देवदह नगरपालिकामा उच्चतम जिपिए प्राप्त गरेका छन् ।

    त्यस्तै सगरमाथा आवासीय माविबाट परिक्षामा सहभागी १७७ जना विद्यार्थी मध्य १४४ जना ८१.३६ प्रतिशत उत्तीर्ण भएका छन्।

    त्यस्तै सेभेन स्टार बोर्डिङ स्कुलबाट सहभागी ४० मध्य ३८ जना ९५ प्रतिशत उत्तीर्ण भएका छन् । देवदह बुद्द पब्लिक आवासीय माविबाट सहभागी ९२ जना विद्यार्थी ७०.२३ प्रतिशत उत्तीर्ण भएका छन् ।बुद्द पब्लिक बाट १३१ विद्यार्थी सहभागी थिए।

    एसईईमा पनि प्रदेशमै उत्कृष्ट नतिजा

    देवदह नगरपालिकामा एसईई २०८१ को परिक्षामा २५ वटा विद्यालयबाट कूल ७८९ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमध्ये ७०९ जना उर्त्तीण भएका छन्। यसअनुसार समग्र उत्तीर्ण दर ८९.८६ प्रतिशत रहेको छ, जुन गत वर्षको ४७.४९ प्रतिशत भन्दा झण्डै दोब्बरले बढी हो।

    कति विद्यार्थीले कुन जिपिए प्राप्त गरे ?

    १५ ३.६१ देखि ४.० जीपीए ल्याउने १३,५०२, ३.२१ देखि ३.६० जिपीए ल्याउने ५५ हजार ८९६, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २६८, २.४१ देखि २.८० जीपीए ल्याउने ५९ हजार ८१२, २.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार ९६४ १.६१ देखि २.० जीपीए ल्याउने २३ जना रहेको तथ्यांक छ।

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij