सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नमूना एभरग्रिन इङ्लिस बोर्डिङ स्कुलमा 'राखी बनाउने प्रतियोगिता' सम्पन्न

नमूना एभरग्रिन इङ्लिस बोर्डिङ स्कुलमा 'राखी बनाउने प्रतियोगिता' सम्पन्न

images
  • 774
    SHARES

  • images
    images
    images
    नमूना एभरग्रिन इङ्लिस बोर्डिङ स्कुलमा 'राखी बनाउने प्रतियोगिता' सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रूपन्देहीको देवदह-२ स्थित नमूना एभरग्रिन इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीहरूमा भएको सिर्जनात्मक सिपको अभिवृद्धि गर्ने उद्देश्यका साथ रक्षाबन्धनको अवसर पारेर 'राखी निर्माण' प्रतियोगिता आयोजना गरिएको थियो। 

    उक्त प्रतियोगितामा कक्षा ४ देखि ८ कक्षा सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा सहनशीला आचार्य (कक्षा ६) प्रथम, शिवम आचार्य (कक्षा ६)द्वितीय, प्रमिसा सारु(कक्षा ५) तृतीय र संध्या कलवार(कक्षा ६) सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।

    images
    images
    images

    विद्यालयमा आयोजना गरिने यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको सिर्जनात्मक तथा रचनात्मक क्षमताको प्रवर्द्धन गर्नुका साथै उनीहरूको सिप विकासमा समेत ठूलो टेवा पुगेको र यसले उनीहरूलाई थप सिर्जनात्मक कार्यमा अगाडि बढ्न उत्साहित गरेको विद्यालयका प्रिन्सिपल कमल पौडेलले बताउनु भएको थियो।

    'गरेर सिक'को मूल नारासहित आयोजना गरिएको 'राखी निर्माण प्रतियोगिता'ले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावनाको विकास गरेको र यस्ता कार्यक्रम आगामी दिनमा समेत निरन्तरता पाउन सके विद्यार्थीहरू बढी लाभान्वित हुने कार्यक्रम संयोजक स्वस्तिका पाठकले जानकारी गराउनु भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij