सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बुद्ध पब्लिकमा कृष्ण जन्माष्टमी पर्व विविध कार्यक्रम सहित मनाइयो

बुद्ध पब्लिकमा कृष्ण जन्माष्टमी पर्व विविध कार्यक्रम सहित मनाइयो

images
  • 376
    SHARES

  • images
    images
    images
    बुद्ध पब्लिकमा कृष्ण जन्माष्टमी पर्व विविध कार्यक्रम सहित मनाइयो
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदह -५ स्थित देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले विहीबार कृष्ण जन्माष्टमी पर्व विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रमसहित भव्य रूपमा मनाएको छ। विद्यालयको शैक्षिक क्यालेन्डरअनुसार विद्यार्थीको लुकेका प्रतिभा प्रस्फुटन, सर्वाङ्गीण विकास र संस्कृतिसँग नजिक्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

    कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले पछिल्लो पुस्तामा संस्कृतिप्रतिको चासो क्रमशः घट्दै गएको बताउँदै यसलाई पुनः जागृत गर्न यस्ता कार्यक्रम अपरिहार्य भएको धारणा राखे।

    images
    images
    images

    कार्यक्रम अन्तर्गत प्रि–प्राइमरीका विद्यार्थीलाई कृष्णको पोशाकमा सजाएर सुनवलस्थित ऐतिहासिक कृष्ण मन्दिर अवलोकन गराइएको थियो। पूर्व–प्राथमिक तहका विद्यार्थीहरूले कृष्णको जीवन र शिक्षासम्बन्धी वक्तृत्वकला प्रस्तुत गरे भने मन्दिर भ्रमणपछि परम्परागत ‘घैँटो फोड’ प्रतियोगिता पनि आयोजना गरिएको विद्यालयले जनाएको छ।

    सैगरी प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीलाई नेपाली शिक्षकहरूले कृष्णको जीवनी र शिक्षाबारे प्रेरणादायी प्रवचन दिएका थिए। कार्यक्रममा सहायक प्रिन्सिपल वेद सूर्यवंशी, रोशी गुरुङ, कक्षा ११–१२ इन्चार्ज अनन्तराम भण्डारी, माध्यमिक तह इन्चार्ज मुक्ति विश्वकर्मा, प्राथमिक तह इन्चार्ज अञ्जली वली, पूर्व–प्राथमिक इन्चार्ज अस्मिता गुरुङ, प्रि–प्राइमरी इन्चार्ज मनमाया रुचालसहित तहगत शिक्षक–शिक्षिकाको सक्रिय सहभागिता रहेको थियो।

    त्यसैदिन विद्यालयको ‘आईटी क्लब’ले पहिलो चरणको आईटी प्रतियोगितासमेत सम्पन्न गरेको छ। तीन चरणसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिने अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डीराज मरासिनीले जानकारी दिए।

    विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै विद्यार्थीको शैक्षिक, सांस्कृतिक र व्यवहारिक ज्ञानमा थप उचाइ ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij