लुम्बिनी पाना, देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालय अन्तर्गतको जुनियर युवा रेडक्रस सर्कलले सोमबार ‘कुशे औँसी’ अर्थात् बाबुको मुख हेर्ने दिनको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद गैरेले रेडक्रस संस्थालाई मानवताको प्रतीकको रूपमा चित्रण गर्दै यसले समाजमा संस्कार र मानव पहिचानलाई उजागर गर्ने काम गरेको बताए । उनले अघिल्लो वर्ष नगर तथा जिल्लास्तरीय प्रतिस्पर्धामा प्रथम भएको विद्यालय रेडक्रस सर्कल आगामी दिनमा प्रदेश र राष्ट्रिय स्तरसम्म उत्कृष्टता देखाउने विश्वास पनि व्यक्त गरे ।

प्रतियोगितामा जुनियर समूहतर्फ कक्षा ४ का सिग्मा प्रतीक थापा प्रथम, सोही कक्षाकी प्राश्ना आर्याल द्वितीय, अनुष्का पौडेल तृतीय र कक्षा ६ की विलिशा आचार्य सान्त्वना भए। त्यस्तै सिनियर समूहतर्फ कक्षा ९ की विशेषता तिवारी प्रथम, कक्षा ८ का कौशल मरासिनी द्वितीय, सोफिया न्यौपाने तृतीय र कक्षा ९ की सुप्रिया बिक सान्त्वना बने ।
प्रतियोगीहरूको मूल्यांकन शिक्षक अनन्तराम भण्डारी (संयोजक) र दुर्गा ढुङ्गाना (सदस्य) सम्मिलित समितिले गरेको थियो ।
कार्यक्रममा सहायक प्रिन्सिपल वेद सूर्यवंशी, रोशी गुरुङ, माध्यमिक इन्चार्ज मुक्ति विश्वकर्मा, प्राथमिक इन्चार्ज अञ्जना वली, पूर्व इन्चार्ज अस्मिता गुरुङ, प्रिप्राइमरी इन्चार्ज मनमाया रूचाल, अतिरिक्त क्रियाकलाप प्रमुख तथा रेडक्रस शिक्षक ढुण्डिराज मरासिनी, खेल संयोजक बलराम ज्ञवालीसहितका शिक्षकहरूको उपस्थिति थियो ।
कोषाध्यक्ष विशेषता तिवारीको संयोजनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुजल रानाले समापन भाषण गर्दै सबैप्रति आभार प्रकट गरे ।
जुनियर रेडक्रस सर्कलकी अध्यक्ष अनुष्का भण्डारीको अध्यक्षता, परिना गैरेको स्वागत, सचिव ग्रीष्मा खरेल र सहसचिव कौशल मरासिनीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij