सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

राजनीतिक दलको अखडा बन्दै सामुदायिक विद्यालय

राजनीतिक दलको अखडा बन्दै सामुदायिक विद्यालय

विष्णु प्रसाद पौडेल

images
  • 240
    SHARES

  • images
    images
    images
    राजनीतिक दलको अखडा बन्दै सामुदायिक विद्यालय
    images
    images
    images

    नेपालमा सामुदायिक विद्यालयहरु मुलतः शिक्षामा समान पहुँच सुनिश्चित गर्ने र राज्यको जिम्मेबारी पुरा गर्ने उदेश्यले खोलिएका हुन् । नेपालको संविधान २०७२ ले शिक्षालाई मौलिक हक अन्तर्गत धारा ३१ मा आधारभुत तहको शिक्षा अनिवार्य र निः शुल्क त्यस्तै माध्यमिक तहको शिक्षा निःशुल्क पाउने हक सुनिश्चित गरेको छ । यसको सफल कार्यन्वयनको लागि सामुदायिक विद्यालयहरुमा गरिब तथा विपन्न वर्गका बालबालिकहरुलाई पनि समान शिक्षाको पहुँचमा पुर्याउन सक्ने र गुणस्तरीयशिक्षा दिन सक्ने बनाउनुपर्ने दायित्व राज्यको हो । जनताको कर, श्रमदान समुदायको सक्रिय सहभागितामा सञ्चालन हुने यी विद्यालययहरुमा भौतिक पूर्वाधारको अभाव, शिक्षक दरबन्दीको उपलब्धता नहुनु दरबन्दी भएको ठाउंमा पनि योग्य शिक्षक नहुन र सिमिति स्रोत साधनका बावजुत संचालन भइरहेको छन् । तसर्थ यिनीहरुलाई सुदृढ बनाउन पर्याप्त लगानी दक्ष शिक्षक भौतिक संरचना र आधुनिक प्रविधि उपलब्ध गराउनु राज्यको दायित्व हो । सामुदायिक विद्यालयको सुधार गरी सबै नागरिकलाई शिक्षको पहुँचमा ल्याउनुको सट्टा राजनीतिक दलहरुको अखडा बन्दै गएको गुनासो ब्यापक रुपमा उठ्न थालेको छ । 

    सामुदायिक विद्यालयहरुमा प्रत्यक्ष रुपमा विद्यालय ब्यवस्थापन समिति गठन प्रक्रियामा , प्राचार्य नियुक्ति, शिक्षक सरुवा, वढुवा भौतिक पूर्वाधारहरु निमार्ण गर्दा दिने ठेक्का, विद्यालयको आय–व्यय, आन्तरिक स्रोत परिचालनमा समेत राजनीतिक दलहरुको हस्तक्षेप हुने गरेको पाइन्छ । विशेषगरी विद्यालय ब्यवस्थापन समिति गठन प्रक्रियामा त दलहरु प्यानल नै बनाएर जनप्रतिनिधि सहित भोट माग्न घरदैलोमा पुगेको हामीले प्रत्यक्ष देखिरहेका छौँ । पार्टीको झण्डा मुनि जनप्रतिनिधी सहित हिड्दा ति कलिला बालबालिकको मस्तीष्कमा के असर पर्ला ? के हामीले त्यतातिर ध्यान दिएका छौ । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा कसरी प्रत्याभूति गर्न सकिन्छ भन्नेतिर सबैको ध्यान जानुपर्ने होइन र ? तर तिनै विद्यार्थीको पठनपाठनलाई प्रभाव पर्ने गरि शैक्षिक संस्थामा प्रत्यक्ष राजनीतिक हस्तक्षेप किमार्थ स्वीकार गर्नु हुदैन । अब सबै अभिभावक सचेत हुन जरुरी छ । शिक्षकहरुले गुणस्तरीय शिक्षा दिनेतर्फ लाग्नुको साटो दलको आदेश पालना गर्नु परेको छ ? अनि कसरी सुधार्न सकिन्छ सामुदायिक शिक्षा ? 

    images
    images
    images

    सामुदायिक विद्यालयलाई राजनीतिबाट मुक्त गराउन सकिएन भने शिक्षामा देखिएको असमानता झन भन्दा झन बढेर जान्छ । सामुदायिक विद्यालयहरु झन भन्दा झन पछाडि धकेलिदै जान्छन् । सामुदायिक विद्यालय सुधारका लागि विद्यालय ब्यवस्थापन समिति गठन गर्दा दलगत भागबन्डाभन्दा बढी स्थानीय समुदाय, पेशागत योग्यता र अभिभावकको प्रतिनिधित्वलाई प्राथमिकता दिनुपर्दछ । शिक्षक सरुवा वढुवा र नियुक्ति प्रक्रियामा पूर्ण पारदर्शिता अपनाई योग्य र क्षमतावान ब्यक्तिलाई प्राथमिकता दिनुपर्दछ , नकि राजनीतिक दल निकटको ब्यक्ति । स्थानीय सरकारले दलिय हस्तक्षेप रोक्नु पर्दछ । त्यसैगरि शिक्षक, अभिभावक, विद्यार्थी र समुदायबीच शिक्षा सुधारका लागि साझा अभियान सञ्चालन गर्नुपर्दछ । 

    राजनीतिले देश बनाउछ भने शिक्षाले राष्ट्र निमार्ण गर्छ । भन्ने मान्यतालाई आत्मसाथ गर्दै तीनै तहका सरकारको प्राथमिकताको क्षेत्र शिक्षा हुन सक्यो भने मात्र सामुदायिक विद्यालयहरुलाई आकर्षक, प्रतिष्पर्धी बनाउन सकिन्छ । त्यस्तै सरकारी, निजी, साझेदारी (Public Private Partnership) को मोडलबाट सामुदायिक र निजी विचको सुमधुर सम्बन्ध, अनुभव आदान प्रदान गरेर अगाडी बढ्नु पर्दछ । विद्यालयलाई राजनितीबाट मुक्त बनाउनै पर्छ । राजनिति आफ्नो ठाउँमा रहोस् विद्यालय आफ्नै ठाउँमा रहोस् , राजनीति होइन, शिक्षा हाम्रो भविष्य हो भन्ने मान्यतालाई सबैले अंगिकार गरौँ ।

    सामुदायिक विद्यालयलाई राजनितिक दलको अखडा होइन, ज्ञान, मूल्य, मान्यता र अनुशासनको सिकाई केन्द्र बनाउन सक्यौ भने मात्र नेपालको शिक्षा प्रणाली सवल र दिगो बन्नेछ । शिक्षा कुनै दलको स्वार्थ पूर्ती गर्ने साधन होइन, राष्ट्र निमार्ण गर्ने आधार हो । त्यसैले सामुदायिक विद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त , पारदर्शी, गुणस्तरीय बनाउने दायित्व राज्य, राजनीतिक दल, शिक्षक, अभिभावक र सम्पूर्ण समुदायको साझा जिम्मेवारी हो ।

    विष्णु प्रसाद पौडेल

    उप महासचिब, एन प्याब्सन नेपाल

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij