मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बुद्ध पब्लिकमा “विज्ञान सामाग्री निर्माण तथा प्रदर्शन”

बुद्ध पब्लिकमा “विज्ञान सामाग्री निर्माण तथा प्रदर्शन”

images
  • 338
    SHARES

  • images
    images
    images
    बुद्ध पब्लिकमा “विज्ञान सामाग्री निर्माण तथा प्रदर्शन”
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह बुद्ध पब्लिक आवासीय मा.विले “विज्ञान सामाग्री निर्माण तथा प्रदर्शन” कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा गठित विज्ञान क्लबको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो । विद्यार्थीलाई विज्ञान र प्रबिधिसँग जोड्नुका साथसाथै विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउन उक्त कार्यक्रमको आयोजना गरिएको कुरा विज्ञान क्लबले जनाएको छ ।

    विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख टुण्डिराज मरासिनीे एवं विज्ञानक्लब इन्चार्ज सानिया भुसालको संयोजनमा आयोजित उक्त प्रतियोगिता जुनियर सिनियर गरी दुइचरणमा सम्पन्न भएको थियो ।

    images
    images
    images

    उक्त प्रतियोगितामा विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरे, सहायक प्रिन्सिपल वेद सूर्यवंशी, सहायक प्रिन्सिपल रोशी गुरुङ्ग, लगायत शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो । फरक विधाका क्लबहरूले फरक फरक विधामा कार्यक्रम राख्ने र आफूहरुले सहभांगिता जनाउन पाएकोमा विद्यार्थीहरु खुसी देखिन्थे । विद्यार्थीका रचनात्मक र सिर्जनात्मक क्रियाकलापमा विद्यालयको सधै साथ सपोट रहने कुरा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रिन्सिपल कृष्णप्रसाद गैरेले जानकारी दिनुभयो ।

    क्लब अध्यक्ष समिक्षा कठरियाको अध्यक्षता, उपाध्यका प्रिन्स शर्माको स्वागत र रिजन सुनारको सञ्चालनमा सञ्चालित उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने छात्र छात्रालाई नगद पुरस्कार द्वारा पुरस्कृत गरिएको थियो ।

    सो अवसरमा प्रतियोगितामा सहभागी भएर फाइनल चरणमा विजेता विद्यार्थीहरुलाई नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij