सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नमुना एभरग्रीन इङ्ग्लिस बोर्डिङ स्कुलमा शुभकामना आदान–प्रदान कार्यक्रम

नमुना एभरग्रीन इङ्ग्लिस बोर्डिङ स्कुलमा शुभकामना आदान–प्रदान कार्यक्रम

images
  • 574
    SHARES

  • images
    images
    images
    नमुना एभरग्रीन इङ्ग्लिस बोर्डिङ स्कुलमा शुभकामना आदान–प्रदान कार्यक्रम
    images
    images
    images

    लुम्बिनी पाना, देवदह  ।नमुना एभरग्रीन इङ्ग्लिस बोर्डिङ स्कुल, देवदह–२, ढेकवारमा आइतबार विजयादशमी, शुभ दिपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

     

    images
    images
    images

    IMG-20250928-WA0013.jpg

     

    कार्यक्रममा मन्तव्य व्यक्त गर्दै विद्यालयका प्राचार्य कमल पौडेलले नेपालमा मनाइने यी पर्वहरूले ल्याउने सामाजिक एकता, सांस्कृतिक पहिचान र सहअस्तित्वको महत्त्वबारे प्रकाश पार्नुभएको थियो।

    प्राचार्य पौडेलले तडकभडक नगरी, बिकृती रहित ढङ्गबाट चाडपर्व मनाउन आग्रह गर्दै आपसी सद्भाव, परम्परा र संस्कृतिलाई जोगाउन आग्रह गर्नुभयो।

    “Quality Education is our Commitment” भन्ने नारा बोकेको विद्यालयले सामाजिक र सांस्कृतिक चेतना जगाउने खालका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। कार्यक्रम संयोजक  राज कुवरको संचालनमा सम्पन्न भएको थियो।​

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij