लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह -७ मा अवस्थित देवदह ईङ्लिस बोर्डिङ हाई स्कूलमा साप्ताहिक रूपमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापअन्तर्गत कक्षा ७ देखि ९ सम्मका छात्र–छात्राबीच अन्तर सदनात्मक भलिबल प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा एल्लो हाउसका विद्यार्थी रिजन थापा सारु, रविन वि.क., प्रिन्स थापा मगर, प्रस्ताव थापा मगर, कृतेश पाण्डे, इन्दिरा खत्री, मनिष घर्ति मगर, प्रत्युषा बोहरा र कुसुम भुसाल सम्मिलित समूह पहिलो हुन सफल भयो।
त्यस्तै, ब्लु हाउसका विद्यार्थी विम्बित राना, एमोस थापा, मार्भिन कुँवर, सिवानी शर्मा, निसिका न्यौपाने, विनय सारु, आभाष कुवर र स्वस्तिका पुरीले दोस्रो स्थान हासिल गरेका छन्।
कार्यक्रम विद्यालयका कार्यवाहक प्राचार्य मनबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रतियोगिताको खेल सञ्चालन तथा सहजीकरण खेल प्रशिक्षक संगम थापाले गरेका थिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij