लुम्बिनी पाना,देवदह । देवदह ईङ्लिस बोर्डिङ हाई स्कूलले आफ्नो वार्षिक कार्यतालिका अनुसार साप्ताहिक रूपमा सञ्चालन हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्तर सदनात्मक छात्र टेबल टेनिस र छात्रा व्याडमिन्टन प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले विद्यार्थीको शारीरिक, मानसिक र अनुशासनगत विकासका लागि खेलकुद गतिविधि अत्यन्त महत्वपूर्ण हुने बताउँदै नियमित रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
कक्षा ४ देखि ६ सम्मको छात्र टेबल टेनिस प्रतियोगितामा हरियो सदनका सेनिस राना र सुदर्शन दुवे प्रथम बने भने निलो सदनका गौरव काफ्ले र कृतिम थापा द्वितीय स्थानमा रहेका थिए। त्यस्तै, कक्षा ७ देखि ९ तहमा सम्पन्न छात्रा व्याडमिन्टन प्रतियोगितामा रातो सदनकी रिहाना कुँवर प्रथम र खुसी राना द्वितीय हुन सफल भए।
कार्यक्रमको अध्यक्षता विद्यालयका कार्यवाहक प्राचार्य मनबहादुर क्षेत्रीले गर्नुभएको थियो। प्राचार्य क्षेत्रीले खेलकुदले विद्यार्थीमा नेतृत्व, सहकार्य र आत्मविश्वास जस्ता गुणहरू विकास गर्ने भएकाले विद्यालयले निरन्तररूपमा खेलकुदलाई प्रोत्साहन गर्दै आएको बताएका छन्। उनले भविष्यमा अझ विविध खेलकुद प्रतियोगिताहरू समावेश गरिने विचार पनि व्यक्त गरे। प्रतियोगिताहरूको सञ्चालन तथा सहजीकरण खेल शिक्षक युवराज पौडेलले गर्नुभएको जानकारी विद्यालयका लेखापाल माधव आचार्यले दिनुभएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij