सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

इप्सा रुपन्देहीद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा ग्रीन प्लान्ट प्रथम

इप्सा रुपन्देहीद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा ग्रीन प्लान्ट प्रथम

images
  • 506
    SHARES

  • images
    images
    images
    इप्सा रुपन्देहीद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा ग्रीन प्लान्ट प्रथम
    images
    images
    images

    लुम्बिनी पाना, देवदह ।रुपन्देहीको देवदहमा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।पूर्वी क्षेत्र नीजी विद्यालय परिवार ईप्साको आयोजनामा दोस्रो विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो।

    इप्सामा आबद्ध १३ वटा विद्यालय सहभागी प्रतियोगितामा ६ वटा विद्यालयले छनोट चरण पार गरेका थिए।प्रतियोगितामा १८५ अंक प्राप्त गर्दै ग्रीन प्लान्ट आवासीय मावी प्रथम, १५५ अंक सहित सेभेन स्टार इङलिस बोर्डिङ स्कुल दोस्रो, १०० अंक प्राप्त गर्दै बुद्द पब्लिक आवासीय मावी तृतीय र ८० अंक प्राप्त गर्दै देवदह मदर टङ्स एकेडेमीले सान्त्वना स्थान हासिल गरेको हो।

    images
    images
    images

    प्रथम भएको ग्रीन प्लान्टले नगद १२ हजार ट्रफी, प्रमाणपत्र र अक्सफोर्ड डिक्नेरी, दोस्रो भएको सेभेन स्टारले नगद ९ हजार टर्फी र प्रमाणपत्र, तृतीय भएको बुद्द पब्लिकले ६ हजार र सान्त्वना भएको मदर टङ्स एकेडेमीले ३ हजार नगद ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    कार्यक्रममा पुरस्कार वितरण गर्दै देवदह नगरपालिका शिक्षा शाखा अधिकृत पर्शुराम ढकालले यस्ता खालका ज्ञानवर्द्दक कार्यक्रमले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन हुने बताउनुभयो। उहाँले विद्यालय र संस्थाहरुले पढाई सङ्गै अतिरिक्त कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।

    त्यस्तै संस्थाका सल्लाहकार एक नारायण काफ्लेले देशको भुगोल, राजनीति, लगायतका अतिरिक्त ज्ञान हासिल गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो।

    त्यस्तै सल्लाहकार विष्णु प्रसाद पौडेलले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले विभिन्न कार्यक्रम संचालन गर्दै आएको र स्वच्छ प्रतिस्पर्धा गर्दै अगाडी बढ्नुपर्ने भनाई व्यक्त गर्नुभयो।

    कार्यक्रम संस्थाका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता, उपाध्यक्ष सिवि थापा मगरको स्वागत, कार्यक्रमका संयोजक संस्थाका कोषाध्यक्ष कृष्ण गैरेको धन्यवाद ज्ञापन र सचीव विनोद थापा मगरको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij