सोमवार, आश्विन १२ गते २०८३
लुम्बिनी पाना, देवदह ।रुपन्देहीको देवदह -५ मा अवस्थित देवदह बुद्ध पब्लिक आवासीय मा.वि.मा +२ तर्फ कक्षा ११ र १२ का विद्यार्थीहरु बिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यार्थीभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले प्रत्येक शुक्रबार यस्ता कार्यक्रमको आयोजना गर्ने विद्यालयले जनाएको छ ।विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको संयोजनमा आयोजित उक्त प्रतियोगिता +२ इन्चार्ज अनन्तराम भण्डारीले सञ्चालन गर्नुभएको थियो ।
१५ टोलीको सहभागीता रहेको उक्त प्रतियोगिता छनोट चरण र फाइनल चरण गरी दुई चरणमा सम्पन्न भएको थियो । छनोट चरणबाट फाइनल चरणमा पुगेका ८ टोलीलाई क्लक र एन्टी क्लक गरी प्रश्न सोधिएको थियो ।
उक्त कार्यक्रममा विद्यालका प्रिन्सिपल कृष्णप्रसाद गैरे, सहायक प्रिन्सिपल वेद सूर्यवंशी मा.वि इन्चार्ज मुक्ति विश्वकर्मा, खेलकुद संयोजक बलराम ज्ञवाली, प्रेम ब.खड्का, सुरज राना, गीता पौडेल, दुर्गा ढुङ्गाना लगायतको उपस्थिती रहेको थियो । उक्त प्रतियोगितामा प्रथम सौगात चापागाईँ, प्रीतम भुसाल, सन्देश भुर्तेल द्वितीय अजिना थापा, आयुष्मा रिन्जाली, सिम्रन बस्याल तृतीय निर्माण सिलवाल, सौरब ढकाल, दिपेश चापागाईँ भएको थियो ।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij