सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा अव्यवस्थित शैक्षिक गतिविधि रोक्न एन प्याब्सनको ध्यानाकर्षण

देवदहमा अव्यवस्थित शैक्षिक गतिविधि रोक्न एन प्याब्सनको ध्यानाकर्षण

images
  • 763
    SHARES

  • images
    images
    images
    देवदहमा अव्यवस्थित शैक्षिक गतिविधि रोक्न  एन प्याब्सनको ध्यानाकर्षण
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) देवदहले देवदह नगरपालिकाको ध्यानाकर्षण गराउँदै नगर क्षेत्रमा देखिएका अव्यवस्थित शैक्षिक गतिविधि तत्काल रोक्न माग गरेको छ।

    संस्थाले नगर प्रमुख ध्रुव प्रसाद खरेल मार्फत   नगरकार्यपालिकालाई बुझाएको पत्रमा शिक्षा क्षेत्र नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै हाल देवदहमा बिना दर्ता विद्यालय सञ्चालन, घरघर गई विद्यार्थी भर्ना गर्ने, अनावश्यक भौतिक विज्ञापन, अभिभावक तथा विद्यार्थीमाथि मानसिक दबाब दिने जस्ता गतिविधि बढेको जनाएको छ।

    images
    images
    images

    एन प्याब्सनका अनुसार यस्ता गतिविधिले गुणस्तरीय शिक्षामा असर, विद्यार्थी पलायन, अभिभावकमा भ्रम तथा शैक्षिक वातावरण बिग्रिने अवस्था सिर्जना गरेको छ। यस विषयमा नगरपालिकाको शिक्षा शाखाबाट अपेक्षित निगरानी नदेखिएको भन्दै संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पत्रमा बिनादर्ता विद्यालय बन्द गर्ने, सडक र सार्वजनिक स्थानमा टाँसिएका अवैध विज्ञापन हटाउने, नयाँ विद्यालय दर्ता प्रक्रिया व्यवस्थित गर्ने, शुल्क निर्धारणमा कडाइ गर्ने तथा विद्यार्थी भर्नामा EMIS प्रणाली अनिवार्य गर्न माग गरिएको छ।

    त्यस्तै, विद्यालय शिक्षक तथा प्रधानाध्यापकको सेवा सुविधा, तालिम, क्षमता विकास र नियमित बैठकको व्यवस्था गर्नुपर्ने माग समेत अघि सारिएको छ।

    नेशनल प्याब्सन देवदहले मागहरू तत्काल कार्यान्वयन नगरे संघर्ष तथा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी पनि दिएको छ।

    पत्रमा नेशनल प्याब्सन देवदहका संयोजक कमल पौडेल को हस्ताक्षर रहेको छ।

    शैक्षिक संस्थामा भएका अस्वस्थ प्रतिस्पर्धा नियमन गर्न प्रतिबद्ध छौं : नगर प्रमुख खरेल 

    देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेलले नगर क्षेत्रभित्र सञ्चालन भइरहेका सामुदायिक तथा निजी विद्यालयहरूमा अस्वस्थ प्रतिस्पर्धा रहेको भन्दै त्यसलाई नियन्त्रण गर्न नगरपालिकाले चासो दिएको बताएका छन्।

    नगरप्रमुख खरेलले निजी विद्यालयले दिनुपर्ने १० प्रतिशत छात्रवृत्ति वास्तविक रूपमा जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई नै उपलब्ध गराउनुपर्ने स्पष्ट पारे। उनले छात्रवृत्तिको नाममा पहुँचवालालाई प्राथमिकता दिने प्रवृत्ति गलत भएको उल्लेख गरे।

    उनका अनुसार देवदह नगरपालिकाले शैक्षिक सुधारका लागि दीर्घकालीन योजना बनाएर अगाडि बढिरहेको बताएका छन्। गुणस्तरीय शिक्षा, समान पहुँच र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण नगरपालिकाको मुख्य प्राथमिकता रहेको उनले बताए। नगर क्षेत्रमा देखिएका अव्यवस्थित शैक्षिक गतिविधि, अनावश्यक विज्ञापन, विद्यार्थी भर्नामा देखिएको प्रतिस्पर्धा लगायत विषयमा नगरपालिकाले आवश्यक अनुगमन र नियमन गर्ने प्रतिबद्धता पनि नगरप्रमुख खरेलले जनाए।

    मागहरू

    १. बिना दती सञ्चालनमा रहेका शैक्षिक संस्था तुरुन्त बन्द गर्ने ।

    २.दर्ता बिना बजारका चोकचोकमा, बिजुलीका पोल पोलमा राखिएका स्कुलका व्यानर, पोष्टर तुरुन्त हटाइ कार्यवाही गर्ने ।

    ३. कुनै पनि प्रकारका नयां शैक्षिक संस्था दर्ता नगराउने, भएकालाई व्यवस्थित गर्ने ।

    ४.घर घर गइ विद्यार्थी भर्ना गर्ने, पटक पटक घर जाने, अभिभावक र विद्यार्थीलाई तनाव दिने कार्यको अनुगमन गरी आवश्यक कार्यवाही गर्ने।

    ५. विद्यालयले दिने सुविधा तथा गुणस्तरको आधारमा विद्यालयको स्तर निर्धारण गरी स्तरियताको आधारमा नगरपालिका बाट शुल्क निर्धारण गर्ने। तोकिएको भन्दा बढी शुल्क लिने विद्यालयलाई कारवाही गर्ने।

    ६. बिद्यार्थी भर्नामा Emis स्थानान्तरणलाई अनिवार्य गर्ने ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij