सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नमुना एभरग्रीन इङलिस बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु

नमुना एभरग्रीन इङलिस बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु

images
  • 274
    SHARES

  • images
    images
    images
    नमुना एभरग्रीन इङलिस बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह-२ मा अवस्थित नमुना एभरग्रीन इङलिस बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु भएको छ। कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका प्रिन्सिपल कमल पौडेलले खेलकुद शारीरिक र मानसिक तन्दुरुस्तीका दृष्टिकोणले अति नै महत्त्वपूर्ण रहने, यसले मनोरञ्जन दिनुकासाथै शरीरलाई तन्दुरुस्त राख्ने काम गर्ने र खेलकुदको माध्यमबाट पनि विद्यार्थीहरु देश, बिदेशमा परिचित हुने बताउनुभयो ।

    २ दिनसम्म चल्ने प्रतियोगितामा कुल २२ विधामा प्रतिस्पर्धा रहने र करिब ३०० भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहने जानकारी अतिरिक्त क्रियाकलप संयोजक रुद्र प्रसाद पाण्डेयले जानकारी गराउनु भएको थियो।

    images
    images
    images

    पहिलो दिन सम्पन्न कक्षा नर्सरीको ३० मिटर दौड छात्रतर्फ बोबिन राना प्रथम , आकांश गाहा दितिय र जेनिश गुरुङ तृतीय भएका छन । त्यसैगरी ३० मिटर छात्रातर्फ डिबीना गुरुङ ,पिरिसा तिवारी र हेमा थापा क्रमशः प्रथम, दितिय र तृतीय हुन सफल भएका छन। त्यसैगरी प्लेग्रुपको बेलुन फोड्ने तर्फ सायोना राना, विनय बुढाथोकी र प्रिन्सा चौधरी क्रमशः प्रथम, दितिय र तृतीय भएका छन।

    त्यसैगरी १०० मीटर दौड जूनियर छात्र तर्फ कृष्णा चाई प्रथम ,मौसम गुरुङ द्वितीय र सस्कार बश्याल तृतीय भएका छन| साथै छात्रातर्फ प्रकृति सापकोटा प्रथम,यूनिसा कुँवर द्वितीय र कस्मि थापा तृतीय हून सफल भएका थिए ।

    विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक रुद्र प्रसाद पाण्डेयको अध्यक्षता, विद्यालय संयोजक राज कंवरको संचालन तथा शिक्षक झमन राना, हिमाल आले, अञ्जु कुमालको सहजीकरणमा पहिलो दिनको खेलहरु सम्पन्न भएका थिए ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij