लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदहमा, देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयको २४औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको जिल्ला स्तरीय हाजिरी–जवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ग्रीन पलान्ट आवासीय माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा गरेको छ।
प्रतियोगितामा कुल ३४ विद्यालयले सहभागिता जनाएका थिए। दोस्रो चरणमा न्यु होराइजोन माध्यमिक विद्यालय, ग्रीन पलान्ट आवासीय माध्यमिक विद्यालय, सुनगाभा पब्लिक सेकेण्डरी स्कुल, दिप बोर्डिङ्ग स्कुल, होराइजोन गौतम बुद्ध स्कुल र कालिका मानवज्ञान माध्यमिक विद्यालयले प्रतिस्पर्धा गरेका थिए।
ग्रीन पलान्ट आवासीय माध्यमिक विद्यालयले २८५ अंकसहित प्रथम स्थान हासिल गरेको छ। न्यु होराइजन माध्यमिक विद्यालय १७५ अंकसहित दोस्रो, सुनगाभा पब्लिक सेकेण्डरी स्कुल १५५ अंकसहित तेस्रो, र कालिका मानवज्ञान माध्यमिक विद्यालय १०५ अंकसहित सान्त्वना स्थान प्राप्त गरेका हुन् ।
कार्यक्रममा नगर प्रबक्ता गणेश डुम्रेले मन्तव्य व्यक्त गर्दै प्रतियोगिताले विद्यार्थीहरुलाई थप ज्ञान हासिल गर्न मद्दत पुग्ने र यस्ता खालको ज्ञान बर्द्दक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
कार्यक्रम विद्यालयका अध्यक्ष सुबकान्त न्यौपानेको अध्यक्षता, प्राचार्य कृष्ण गैरेको स्वागत र शिक्षक ढुण्डिराज मरासिनीको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij