लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह -७ मा अवस्थित देवदह ई–बो स्कूल मा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत प्रतियोगिता सम्पन्न भएको हो। विद्यार्थीहरूको ज्ञान, आत्मविश्वास तथा प्रस्तुति क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा जम्मा आठ टिमको सहभागिता रहेको थियो।
प्रतियोगितामा टिम ‘ए’ प्रथम स्थान हासिल गर्न सफल भयो। टिम ‘ए’ का आहाना सुवेदी, कायरब नेपाली र मयुरा वि.कले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेका हुन्। त्यसैगरी टिम ‘एफ’ का प्रियन काफ्ले, सिजन काफ्ले र सुरक्षा सारुले द्वितीय स्थान प्राप्त गरे भने टिम ‘सी’ का विवान क्षेत्री, इभाना पाण्डे र निर्देश चापागाईं तृतीय स्थान हासिल गर्न सफल भए।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य तथा कार्यक्रमका अध्यक्ष मनोज कुमार गैरेले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, सामान्य ज्ञान तथा समूहगत कार्यक्षमता विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। कार्यक्रमको सञ्चालन विद्यार्थी दिया न्यौपानेले गरेकी थिइन् भने अतिरिक्त क्रियाकलाप संयोजक सोनिया खनालको संयोजनमा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij