सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह इङलिस बोर्डिङ स्कुलमा अन्तरसदनात्मक दोहोरी र चित्रकला प्रतियोगिता सम्पन्न

देवदह इङलिस बोर्डिङ स्कुलमा अन्तरसदनात्मक दोहोरी र चित्रकला प्रतियोगिता सम्पन्न

images
  • 538
    SHARES

  • images
    images
    images
    देवदह इङलिस बोर्डिङ स्कुलमा अन्तरसदनात्मक दोहोरी र चित्रकला प्रतियोगिता सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । सुनौलो बाल क्लब को आयोजनामा देवदह ई–बो स्कूलमा सदनात्मक लोक दोहोरी प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम २०८२ साल फागुन १८ गते सोमबार विद्यालय परिसरमा सम्पन्न भएको हो।

    कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणअन्तर्गत २०८२ फागुन ११ गते चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो। कक्षा १ र २ बीच सम्पन्न कक्षागत चित्रकला प्रतियोगितामा कक्षा २ ‘रोज’ की मुस्कान थापा प्रथम, कक्षा २ ‘लिलि’ का सृयान साहु द्वितीय तथा कक्षा १ ‘लिलि’ का डुकुल सिंजाली तृतीय भएका थिए।

    images
    images
    images

    त्यसैगरी कक्षा ३, ४ र ५ का विद्यार्थीहरूबीच भएको अन्तर्सदनात्मक चित्रकला प्रतियोगितामा पहेलो सदनकी अनुष्का पाण्डे प्रथम, निलो सदनका आभाष जैसी द्वितीय तथा रातो सदनका निकोल चापागाई तृतीय हुन सफल भए।

    दोस्रो चरणअन्तर्गत फागुन १८ गते कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूबीच अन्तर्सदनात्मक लोक दोहोरी प्रतियोगिता सम्पन्न भएको थियो। प्रतिस्पर्धामा हरियो सदनले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गर्‍यो। विजेता टोलीमा अनुश्रा पौडेल, दीया वि.क., सागर काफ्ले र उज्ज्वल थापा रहेका थिए।

    कार्यक्रमको अध्यक्षता दीया न्यौपानेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा विद्यालयका प्राचार्य मनोज कुमार गैरे उपस्थित हुनुहुन्थ्यो। निर्णायक मण्डलमा सुमन गुरुङ, दुर्गा तिवारी बस्याल र भगवती तिवारी रहनुभएको थियो।५L

    कार्यक्रमलाई थप आकर्षक बनाउन वाद्यवाचनतर्फ शिशिर काफ्ले, सुधन काफ्ले, उज्ज्वल काफ्ले, वैभव थापा, इशान पौडेल तथा रिदम के.सी.ले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। कार्यक्रमको सञ्चालन विद्यार्थी आयुष उपाध्यायले गरेका थिए।

    विद्यालयमा आयोजित उक्त कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्नुका साथै लोकसंस्कृति र कलाप्रति रुचि अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij