लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह -५ स्थित बुद्ध पब्लिक इङ्ग्लिस बोर्डिङ हाई स्कूलले छात्रवृत्ति प्रवेश परीक्षा स्थगित गरी नयाँ मिति तोकेको छ। यसअघि चैत २७ गतेका लागि तय गरिएको परीक्षा अब २०८३ बैशाख ५ गते शनिबार बिहान ८ बजे सञ्चालन हुने विद्यालयका प्राचार्य कृष्ण गैरेले जानकारी दिनुभयो ।
नेपाल सरकारले शैक्षिक सत्र सुरु हुने मिति बैशाख १५ गतेबाट मात्रै लागू गर्ने निर्णय गरेसँगै विद्यालयले आफ्नो प्रवेश परीक्षा पनि सारिएको स्पष्ट पारेको हो। उक्त सूचना अनुसार कक्षा ६ मा छात्रवृत्ति अन्तर्गत अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि परीक्षा सञ्चालन गरिनेछ।
विद्यालयका अनुसार आवेदन फाराम बैशाख ४ गतेसम्म उपलब्ध हुनेछ भने सोही दिन साँझ ५ बजेसम्म फाराम बुझाउन सकिनेछ। परीक्षा सरकारद्वारा तोकिएको पाठ्यक्रममा आधारित रहने जनाइएको छ।
छात्रवृत्ति सुविधा विद्यालयले निर्धारण गरेको मापदण्ड पूरा गर्ने विद्यार्थीहरूलाई मात्र प्रदान गरिनेछ। साथै आवेदनका लागि पासपोर्ट साइज फोटो, हाल अध्ययनरत कक्षाको नतिजा तथा जन्मदर्ता प्रमाणपत्र आवश्यक पर्ने सूचनामा उल्लेख गरिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij