लुम्बिनी पाना, देवदह । रूपन्देहीको देवदहमा रहेकाे काेलिय ईङ्गलिस बाेर्डिङ्ग हाईस्कुलले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेकाे छ । नयाँ शैक्षिक सत्र शुरू भएसँगै देवदह–१० चरङ्गे स्थित विद्यालय प्राङ्गणमा साेमबार स्वागत कार्यक्रम सम्पन्न भएकाे हाे ।
विद्यालयका अध्यक्ष हस्त बहादुर थापाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले विद्यालयले गुणस्तरीय शिक्षासँगै व्यवहारिक शिक्षामा पनि विशेष जोड दिनुपर्ने बताएका थिए । उनीहरूले पाठ्यक्रममा मात्र सीमित नभई विद्यार्थीलाई जीवनोपयोगी तथा व्यवहारिक ज्ञान प्रदान गर्न आवश्यक रहेकाे धारणा राखेका थिए ।
कार्यक्रममा विद्यालयका संस्थापक तथा प्राचार्य राजेन्द्र पराजुलीले विद्यालयले उत्कृष्ट शैक्षिक नतिजाका लागि अहोरात्र मेहनत गर्दै आएको बताउँदै विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालय प्रतिबद्ध रहेको उल्लेख गरे ।
विद्यालयकी सहायक प्राचार्य पउखा कुमारी थापाकाे स्वागत मन्तव्य तथा शिक्षक संयोजक चित्र बहादुर आलेकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा देवदह–१० का वडा सदस्य अमर लामिछाने, सञ्चारकर्मी केशव पराजुली तथा नवआगन्तुक विद्यार्थी प्रशंसा सुनार लगायतले मन्तव्य राखेका थिए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij