सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नमुना एभरग्रीन इङ्लिस बोर्डिङ स्कुलमा एभरग्रीन क्लब र इको क्लब गठन

नमुना एभरग्रीन इङ्लिस बोर्डिङ स्कुलमा एभरग्रीन क्लब र इको क्लब गठन

images
  • 441
    SHARES

  • images
    images
    images
    नमुना एभरग्रीन इङ्लिस बोर्डिङ स्कुलमा एभरग्रीन क्लब र इको क्लब गठन
    images
    images
    images

    लुम्बिनी पाना, देवदह ।रुपन्देहीको देवदहमा अवस्थित नमुना एभरग्रीन इङ्लिस बोर्डिङ स्कुलमा शैक्षिक सत्र २०८३ का लागि विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने उद्देश्यले एभरग्रीन क्लब र इको क्लब गठन गरिएको छ। विद्यालयका संयोजक राज कंवरका अनुसार २०८३ साल जेठ ७ गते कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरूको भेलाबाट क्लब गठन गरिएको हो।

    क्लब गठनपछि आयोजित कार्यक्रममा विद्यालयका प्राचार्य कमल पौडेलले नवगठित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै यस्ता क्लबमा सक्रिय सहभागिताले विद्यार्थीहरूको व्यक्तित्व तथा नेतृत्व विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। उहाँले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप आवश्यक रहेको धारणा राख्नुभयो।

    images
    images
    images

    एभरग्रीन क्लब २०८३ को अध्यक्षमा सनिस्ता पाख्रिन, उपाध्यक्षमा नुर्‍याङ सारु, सचिवमा सुस्मिता चालिसे, सहसचिवमा सुदिक्षा राय क्षेत्री, कोषाध्यक्षमा अनुष्का पाण्डे तथा सह-कोषाध्यक्षमा रेशम गिरी चयन भएका छन्।

    सदस्यहरूमा गौरव पाण्डे, आरोसी आचार्य, प्रज्वल गिरी, सर्वज्ञ पाण्डे, दिपिका चालिसे, अमृत रेग्मी, देवबहादुर थापा तथा शिक्षक प्रतिनिधिमा हिमाल आले रहनुभएको छ।

    त्यसैगरी इको क्लब २०८३ को अध्यक्षमा गृष्मा सोमै, उपाध्यक्षमा शिवम आचार्य, सचिवमा साइरा गुरुङ तथा कोषाध्यक्षमा शिशिर पाण्डे चयन भएका छन्। सदस्यहरूमा शिवम गिरी, युसन गिरी, अर्पण हमाल, यान्सी गुरुङ, जीवन घर्ती मगर, खुसीबु गुप्ता, आकृति चालिसे तथा शिक्षक प्रतिनिधिमा अनु वरई रहनुभएको छ।

    विद्यालयले विद्यार्थीहरूको नेतृत्व क्षमता, सहकार्य भावना तथा सामाजिक उत्तरदायित्वको विकास गर्ने उद्देश्यले उक्त क्लबहरू गठन गरिएको जनाएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij