सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

पूर्वी क्षेत्र निजी विद्यालय एशोसियसन (ईप्सा) देवदहको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

पूर्वी क्षेत्र निजी विद्यालय एशोसियसन (ईप्सा) देवदहको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

images
  • 546
    SHARES

  • images
    images
    images
    पूर्वी क्षेत्र निजी विद्यालय एशोसियसन (ईप्सा) देवदहको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । पूर्वी क्षेत्र निजी विद्यालय एशोसियसन (ईप्सा) देवदह, रुपन्देहीको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले विनोद थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै संस्थाको आगामी नेतृत्वको जिम्मेवारी सुम्पिएको छ।

    अधिवेशनको खुल्ला तथा बन्द सत्र रामबहादुर गुरुङको अध्यक्षता उपाध्यक्ष सी.बी. थापाको स्वागत तथा सचिव विनोद थापा मगर को संचालनमा सम्पन्न भएको थियो।

    images
    images
    images

    बन्द सत्रमा सचिव मगरले संस्थाको वार्षिक प्रगति तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमाथि भएको छलफलपछि त्यसलाई सर्वसम्मत रूपमा पारित गरिएको थियो। साथै, संस्थालाई थप व्यवस्थित, प्रभावकारी र समयानुकूल बनाउन तयार गरिएको संगठनको विधान मस्यौदा–२०८३ माथि समेत व्यापक छलफल गरी आवश्यक संशोधनसहित अनुमोदन गरिएको जनाइएको छ।

    यसैगरी, कोषाध्यक्ष कृष्णप्रसाद गैरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाको आर्थिक अवस्था, आय–व्यय तथा आगामी योजनाबारे जानकारी गराइएको उक्त प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो।

    अधिवेशनका लागि गठित निर्वाचन समितिमा बोधराज गौडेल संयोजक तथा एकनारायण काफ्ले र महेश पराजुली सदस्य रहेका थिए। समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।५ नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा विनोद थापा मगर, उपाध्यक्षमा टिकाराम चापागाईं, सचिवमा कमल पौडेल, सहसचिवमा राजेन्द्र पराजुली, कोषाध्यक्षमा प्रेमनारायण केवट तथा सदस्यहरूमा हरी भट्टराई र डी.बी. मोक्तान निर्वाचित भएका छन्।

    अधिवेशनले निजी विद्यालयहरूबीच आपसी सहकार्य, शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै आगामी कार्यदिशा तय गरेको छ। ईप्सा देवदहले विगतदेखि नै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, नेतृत्व विकास, सिर्जनात्मक क्षमता अभिवृद्धि तथा प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले विभिन्न शैक्षिक, खेलकुद, सांस्कृतिक र अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ।७ नवनिर्वाचित अध्यक्ष विनोद थापा मगरले संस्थालाई अझ सशक्त, व्यवस्थित र परिणाममुखी बनाउँदै निजी विद्यालय क्षेत्रका साझा सवालहरूमा एकताबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विद्यार्थी केन्द्रित कार्यक्रम, शिक्षकको क्षमता अभिवृद्धि, प्रविधिमैत्री शिक्षा तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा विशेष ध्यान दिइने बताए।

    अधिवेशन पश्चात् संस्थापक अध्यक्ष प्रमुख अतिथि एक नारायण काफ्ले, विशिस्ट अतिथि एन प्याब्सनका केन्द्रिय उपमहासचीव कृष्ण प्रसाद पौडेल, निवर्तमान अध्यक्ष राम बहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गर्दै ईप्सा देवदहले निजी विद्यालयहरूको साझा मञ्चका रूपमा शैक्षिक सुधार, अनुभव आदानप्रदान र विद्यार्थी हितका कार्यक्रमलाई अझ प्रभावकारी ढंगले अघि बढाउने विश्वास व्यक्त गरेका थिए।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij