लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदह–७, पिपलडाँडास्थित देवदह इङलिस बोर्डिङ हाई स्कूलमा साप्ताहिक अतिरिक्त क्रियाकलापअन्तर्गत कक्षागत तथा अन्तरसदनात्मक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
विद्यार्थीहरूमा रहेको प्रतिभाको प्रस्फुटन गराउने तथा राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुन प्रोत्साहित गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा ६२ जना विद्यार्थीको उत्साहजनक सहभागिता रहेको विद्यालयले जनाएको छ।
कक्षा १ देखि ३ सम्म सञ्चालन गरिएको कक्षागत चित्रकला प्रतियोगितामा कक्षा १ की अनु विटालु, कक्षा २ की श्रीतिका बस्याल र कक्षा ३ का सियान साहु प्रथम भएका थिए। अरुन्या काफ्ले, आरुसी केवट र संगम चापागाईँ द्वितीय तथा रोजिना भट्टराई, सायरा गुरुङ र युसिन राना तृतीय भएका थिए।
कक्षा ४ देखि ६ सम्मको जुनियर अन्तरसदनात्मक प्रतियोगितामा निलो सदनकी गौमती कामु प्रथम, रातो सदनकी शशिका खनाल द्वितीय र हरियो सदनकी साइमन थापा तृतीय भइन्। यस्तै, कक्षा ७ देखि १० सम्मको सिनियरतर्फ पहेँलो सदनकी सदिक्षा श्रेष्ठ प्रथम, प्राप्ती बस्नेत द्वितीय तथा रातो सदनकी स्वस्ती भुसाल तृतीय हुन सफल भइन्।
प्रतियोगिताको सहजीकरण अतिरिक्त क्रियाकलाप संयोजक सोनिया खनालले गर्नुभएको थियो। कार्यक्रमबारे जानकारी शिक्षक माधव आचार्यले दिनुभएको हो।
विद्यालयले यस्ता सिर्जनात्मक तथा प्रतिभामुखी कार्यक्रमले विद्यार्थीहरूको कला, सिर्जनशीलता तथा आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij