सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

सेभेन स्टार इङलिस बोर्डिङ स्कुलमा नवआगन्तुक विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

सेभेन स्टार इङलिस बोर्डिङ स्कुलमा नवआगन्तुक विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

images
  • 525
    SHARES

  • images
    images
    images
    सेभेन स्टार इङलिस बोर्डिङ स्कुलमा नवआगन्तुक विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह -२ मा अवस्थित सेभेन स्टार इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। आइतबार एक कार्यक्रमका बीच अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो।

    कार्यक्रममा प्रमुख अतिथि तथा विद्यालयका प्राचार्य टीकाराम चापागाईंले शुभकामना मन्तव्य व्यक्त गर्दै शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम मात्र नभई व्यक्तित्व विकास, नैतिक मूल्य र जीवनोपयोगी सीप हासिल गर्ने आधार भएको बताए ।

    images
    images
    images

    प्राचार्य चापागाईंले विद्यार्थीहरूलाई नियमित अध्ययन, अनुशासन र सकारात्मक सोचका साथ आफ्नो शैक्षिक यात्रालाई अगाडि बढाउन आग्रह गर्दै विद्यालयले गुणस्तरीय शिक्षा, दक्ष शिक्षक तथा आधुनिक शैक्षिक वातावरणमार्फत विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा निरन्तर योगदान पुर्‍याइरहेको उल्लेख गरे ।

    कार्यक्रममा बोल्दै कलेज इन्चार्ज तथा सह–प्राचार्य तिर्थराज पन्थीले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै कलेजका शैक्षिक गतिविधि, अनुशासन, अवसर तथा आगामी योजनाबारे जानकारी गराएका थिए। उनले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर कलेजले शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको बताउँदै मेहनत, अनुशासन र लगनशीलतामार्फत उत्कृष्ट नतिजा हासिल गर्न विद्यार्थीहरूलाई प्रेरित गरेका थिए।

    विद्यार्थीहरूको तर्फबाट यस वर्षको एसईई परीक्षामा ३.७६ जीपीए प्राप्त गरेका प्रिन्स श्रेष्ठले आफ्नो अनुभव तथा सेभेन स्टार कलेज रोज्नुको कारणबारे धारणा राखेका थिए। सो अवसरमा कलेजले उत्कृष्ट नतिजा हासिल गरेका श्रेष्ठलाई सम्मान समेत गरेको थियो। 

    कार्यक्रममा होटल म्यानेजमेन्ट शिक्षिका दीपा गाहा, अकाउन्ट शिक्षक सरोज पन्थी, कम्प्युटर साइन्स शिक्षक विवेक पाण्डे, अर्थशास्त्र तथा गणित शिक्षक लेखनाथ डुम्रे, सामाजिक विषयका शिक्षक प्रकाश अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रजापति सापकोटाको अध्यक्षता, शिक्षिका दीपा गाहाको स्वागत र शिक्षक सूर्य डुम्रेको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, नियम, अवसर र भावी योजनाबारे जानकारी गराइएको थियो।

    कार्यक्रममा ५५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। कलेजले कक्षा ११ को नियमित पठनपाठन असार १ गतेदेखि सञ्चालन हुने जानकारी दिएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij