सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नमूना एभरग्रीन इङ्लिस बोर्डिङ स्कुलमा चित्रकला प्रतियोगिता सम्पन्न, ५२ विद्यार्थीको सहभागिता

नमूना एभरग्रीन इङ्लिस बोर्डिङ स्कुलमा चित्रकला प्रतियोगिता सम्पन्न, ५२ विद्यार्थीको सहभागिता

images
  • 449
    SHARES

  • images
    images
    images
    नमूना एभरग्रीन इङ्लिस बोर्डिङ स्कुलमा चित्रकला प्रतियोगिता सम्पन्न, ५२ विद्यार्थीको सहभागिता
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । देवदह–२, ढेकावरस्थित नमूना एभरग्रीन इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीहरूको सिर्जनशीलता, कल्पनाशीलता तथा कलात्मक प्रतिभा अभिवृद्धि गर्ने उद्देश्यले चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

    विद्यालयका अनुसार प्रतियोगिता कक्षा १ र २ का विद्यार्थीहरूबीच कक्षागत तथा कक्षा ३ देखि ८ सम्मका विद्यार्थीहरूबीच तहगत रूपमा सञ्चालन गरिएको थियो। प्रतियोगितामा विद्यार्थीहरूले विभिन्न विषयवस्तुमा आधारित आकर्षक तथा सन्देशमूलक चित्रहरू प्रस्तुत गर्दै आफ्नो कला कौशल प्रदर्शन गरेका थिए। प्रतियोगितामा कक्षा १ तर्फ आर्या सिंजाली प्रथम, मिरा थापा द्वितीय तथा निर्जल गुरुङ तृतीय स्थान हासिल गर्न सफल भए। कक्षा २ तर्फ सुमिना राकसकोटी प्रथम, प्रितम थापा द्वितीय तथा कृषा चौधरी तृतीय बने। त्यसैगरी कक्षा ३ देखि ५ समूहअन्तर्गत कृष कलवार प्रथम, कृष्ण चाई द्वितीय तथा जिविका भार तृतीय भए भने कक्षा ६ देखि ८ समूहमा सनिस्ता पाख्रिन प्रथम, साहीरा गुरुङ द्वितीय तथा सन्ध्या कलवार तृतीय स्थान प्राप्त गर्न सफल भए।

    images
    images
    images

    कार्यक्रम संयोजक रुद्रप्रसाद पाण्डेयका अनुसार प्रतियोगितामा ५२ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले उत्कृष्ट चित्रकला प्रस्तुत गर्दै आफ्नो रचनात्मक क्षमता र कलात्मक प्रतिभाको प्रदर्शन गरेका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। 

    कार्यक्रममा विद्यालयका प्रिन्सिपल कमल पौडेलले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा पहिचान तथा प्रस्फुटन गराउने उद्देश्यले विद्यालयले नियमित रूपमा अतिरिक्त क्रियाकलाप तथा शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको बताए। उनले यस्ता रचनात्मक कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास, सिर्जनशीलता र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

    कार्यक्रमको समापनमा प्रिन्सिपल पौडेलले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गरेका थिए।्

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij