सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

आइतबार पनि विद्यालय सञ्चालन गर्न माग गर्दै इप्सा द्वारा देवदह नगरपालिकालाई ज्ञापनपत्र

आइतबार पनि विद्यालय सञ्चालन गर्न माग गर्दै इप्सा द्वारा देवदह नगरपालिकालाई ज्ञापनपत्र

images
  • 281
    SHARES

  • images
    images
    images
    आइतबार पनि विद्यालय सञ्चालन गर्न माग गर्दै इप्सा द्वारा देवदह नगरपालिकालाई ज्ञापनपत्र
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। संस्थागत विद्यालयहरूको छाता संगठन इप्सा देवदहले शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यालय शिक्षासँग सम्बन्धित विभिन्न विषयमा आवश्यक पहल गर्न माग गर्दै देवदह नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ।

    इप्सा देवदहका अध्यक्ष विनोद थापा मगर र सचिव कमल पौडेलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा दुई दिन सार्वजनिक बिदाको व्यवस्थापछि विद्यालय शिक्षामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विभिन्न चुनौतीहरू देखापरेको उल्लेख गरिएको छ। अध्ययन–अध्यापनका दिन घट्दा निर्धारित पाठ्यक्रम समयमै सम्पन्न गर्न कठिनाइ भएको, विद्यार्थीहरूको अध्ययन बानी र सिकाइ उपलब्धिमा नकारात्मक असर परेको तथा शिक्षक र विद्यार्थीमाथि अतिरिक्त शैक्षिक दबाब सिर्जना भएको जनाइएको छ।

    images
    images
    images

    ज्ञापनपत्रमा आइतबार बिदाका कारण विद्यार्थीहरू मोबाइल फोन, सामाजिक सञ्जाल तथा अनलाइन गेममा बढी समय बिताउन थालेको, गेमिङ एडिक्सन बढ्दै गएको तथा केही विद्यार्थी कुलत, दुर्व्यसन र अन्य असामाजिक गतिविधितर्फ आकर्षित हुने जोखिम समेत बढेको उल्लेख गरिएको छ।

    इप्साले देवदह नगरपालिकालाई आवश्यक समन्वय, सहजीकरण तथा नीतिगत पहल गरी नगरभित्रका विद्यालयहरू आइतबार समेत नियमित रूपमा सञ्चालन गर्न सकिने वातावरण निर्माण गर्न आग्रह गरेको छ।

    त्यस्तै, निजी विद्यालयका प्रिन्सिपल र शिक्षा शाखाबीच नियमित समन्वयात्मक बैठक सञ्चालन गर्नुपर्ने, अनुमति बिना माथिल्लो कक्षा सञ्चालन गर्ने शैक्षिक संस्थामाथि अनुगमन गरी कानुनी प्रक्रिया अगाडि बढाउनुपर्ने, सबै विद्यालयका लागि समान मापदण्ड र समान अवसर सुनिश्चित गर्नुपर्ने लगायतका माग पनि ज्ञापनपत्रमार्फत गरिएको छ।

    निजी विद्यालयका शिक्षकहरूलाई पनि नगरपालिकाले सञ्चालन गर्ने क्षमता विकास तथा तालिम कार्यक्रममा समान सहभागिता गराउन, EMIS प्रणाली व्यवस्थापनलाई व्यवस्थित बनाउन तथा निजी विद्यालयहरूलाई शैक्षिक गुणस्तर अभिवृद्धिसम्बन्धी कार्यक्रमहरूमा साझेदार बनाउन इप्साले आग्रह गरेको छ। विद्यालय उमेर समूहका बालबालिका तथा युवाहरूमा बढ्दो कुलत र दुर्व्यसनलाई नियन्त्रण गर्न १८ वर्षमुनिका बालबालिकालाई सुर्तीजन्य तथा मदिराजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउन र विद्यालय क्षेत्र वरपर नियमित अनुगमन तथा निगरानी गर्न समेत नगरपालिकासँग माग गरिएको छ।

    ज्ञापनपत्र बुझ्दै देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेल ले शिक्षा क्षेत्र नगरपालिकाको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताउनुभयो। उहाँले विद्यार्थीले वास्तविक रूपमा लाभ पाउने गरी छात्रवृत्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाइने, विद्यालय शुल्कमा सम्भव भएसम्म एकरूपता कायम गर्न पहल गरिने र शैक्षिक गुणस्तर सुधारका लागि निजी तथा सामुदायिक विद्यालयसँग सहकार्यलाई मजबुत बनाइने बताउनुभयो।

    नगरप्रमुख खरेलले लागूऔषध दुर्व्यसन न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गरिने, विद्यालय क्षेत्र वरपर सुर्तीजन्य, मदिराजन्य तथा अन्य हानिकारक वस्तुको बिक्री–वितरण नियन्त्रण गरिने र प्लास्टिकजन्य वस्तुको प्रयोग न्यूनीकरणमा समेत जोड दिइने उल्लेख गर्नुभयो। साथै, बालबालिकाको सुरक्षित र स्वस्थ शैक्षिक वातावरण निर्माणका लागि नगरपालिकाले आवश्यक नीतिगत तथा व्यवहारिक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij