मंगलवार, आश्विन १३ गते २०८३
निशान्त पाठक, दुबई । क्षेत्री समाज नेपाल यूएई शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ।आइतबार सम्पन्न शाखाको अधिवेशनबाट कृष्णबहादुर ढकाल अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएका छन्।
निर्वाचन समिति संयोजक दीपक खड्काका अनुसार नयाँ कार्यसमितिको उपाध्यक्षमा सुदिप कार्की र दीपक राउत, महिला उपाध्यक्षमा हिरा केसी, सचिवमा भीम केसी, सहसचिवमा टेस्रो खड्का, कोषाध्यक्षमा होमबहादुर महत तथा सहसचिवमा कमल केसी चयन भएका छन्।
यससँगै २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ। अधिवेशनमा नेपालबाट जुममार्फत सहभागी भएका क्षेत्री समाज नेपालका केन्द्रीय अध्यक्ष रिवबहादुर थापा, अन्तर्राष्ट्रिय प्रवास इन्चार्ज हंसराज ढकाल तथा अन्य केन्द्रीय प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा क्षेत्री समाज नेपालका केन्द्रीय अध्यक्ष रिवबहादुर थापाले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले प्रवासमा रहेका सम्पूर्ण खस क्षेत्रीहरूलाई संस्थामा आबद्ध गराउँदै समुदायको संस्कार, संस्कृति र पहिचान संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।
अधिवेशनले यूएईमा रहेका खस क्षेत्री समुदायबीच संगठनात्मक एकता, आपसी सहकार्य तथा सामाजिक समन्वयलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij