सोमवार, आश्विन १२ गते २०८३
लुम्बिनी पाना, देवदह।पूर्वी क्षेत्र निजी विद्यालय एसोसिएसन (इप्सा), देवदह, रूपन्देहीको आयोजनामा आगामी असार १३ गते शनिबार विशेष ट्राफिक सचेतना तथा अभिमुखीकरण कार्यक्रम आयोजना हुने भएको छ।
देवदह-५, खैरेनीस्थित पाठक फुडल्याण्डमा असार १३ गते बिहान ७:३० बजेदेखि सुरु हुने उक्त कार्यक्रममा संस्थामा आबद्ध विद्यालयमा कार्यरत चालक तथा सह-चालकहरूको सहभागीत रहनेछ ।
बढ्दो सडक दुर्घटना न्यूनीकरण र विद्यार्थीहरूको सुरक्षित यात्रालाई सुनिश्चित गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको इप्सा देवदहका अध्यक्ष विनोद थापा मगरले जानकारी दिनुभयो।
अध्यक्ष थापाका अनुसार विद्यालयका गाडीहरूले दैनिक रूपमा सयौँ विद्यार्थीहरू ओसारपसार गर्ने हुनाले चालक र सह-चालकहरू ट्राफिक नियम र सडक सुरक्षाप्रति अत्यन्तै संवेदनशील हुन जरुरी रहेको र सोही सचेतनाका लागि प्रशिक्षण आयोजना गरिएको बताउनुभयो।
खैरेनी प्रहरी चौकी देवदहको सहजीकरणमा हुने प्रशिक्षणमा संगठनमा आबद्ध विद्यालयका १०५ भन्दा बढी चालक तथा सह-चालकहरूको सहभागिता रहने इप्सा देवदहका सचिव कमल पौडेलले जानकारी दिनुभयो।
सचिव पौडेलका अनुसार सहभागीहरूलाई सडक अनुशासन, गति सीमितता, आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानी र ट्राफिक नियमका व्यावहारिक पक्षहरूबारे प्रशिक्षित गरिनेछ।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij