सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह इङ्ग्लिस बोर्डिङ स्कुलमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न

देवदह इङ्ग्लिस बोर्डिङ स्कुलमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न

images
  • 273
    SHARES

  • images
    images
    images
    देवदह इङ्ग्लिस बोर्डिङ स्कुलमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रूपन्देहीको देवदहस्थित देवदह इङ्ग्लिस बोर्डिङ स्कुलमा शुक्रबार (असार १२) कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ।

    विद्यालयको देवदह सुनौलो बाल क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा कक्षा १ देखि ३ सम्मका विद्यार्थीबीच कक्षागत तथा कक्षा ४ देखि १० सम्मका विद्यार्थीबीच अन्तरसदनीय कविता लेखन तथा वाचन प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा ६५ जना विद्यार्थीको उत्साहजनक सहभागिता रहेको विद्यालयले जनाएको छ।

    images
    images
    images

    कक्षागत प्रतियोगिताअन्तर्गत कक्षा ३ की सुधा काफ्ले प्रथम, कक्षा २ की युनिका भट्टराई द्वितीय, कक्षा ३ का हर्ष न्यौपाने तृतीय तथा कक्षा १ की अनु बिटालु सान्त्वना हुन सफल भएका छन्। त्यसैगरी, कक्षा ४–६ तर्फको अन्तरसदनीय प्रतियोगितामा हरियो सदनकी निकोल चापागाईं प्रथम, पहेँलो सदनकी शिवानी भट्टराई द्वितीय तथा रातो सदनकी शशिका खनाल तृतीय भएकी छन्।

    यस्तै, सिनियरतर्फको अन्तरसदनीय प्रतियोगितामा पहेँलो सदनकी लक्ष्मी तिवारी प्रथम, निलो सदनकी रचना थापा द्वितीय तथा हरियो सदनकी सृष्टि काफ्ले तृतीय भएकी छन्। बाल क्लबका अध्यक्ष आयुष उपाध्यायको अध्यक्षता तथा क्लबका सचिव उज्ज्वल थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य मनोज कुमार गैरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

    कार्यक्रमले विद्यार्थीहरूमा साहित्यप्रति रुचि, सिर्जनशीलता तथा आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको विद्यालयले जनाएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij