सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शतप्रतिशत नतिजा ल्याउने विद्यालयलाई इप्सा देवदहद्वारा सम्मान

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शतप्रतिशत नतिजा ल्याउने विद्यालयलाई इप्सा देवदहद्वारा सम्मान

images
  • 302
    SHARES

  • images
    images
    images
    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शतप्रतिशत नतिजा ल्याउने विद्यालयलाई इप्सा देवदहद्वारा सम्मान
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। पूर्वी क्षेत्र निजी विद्यालय परिवार (इप्सा) देवदहले एसईई–२०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा शतप्रतिशत नतिजा ल्याउने विद्यालयलाई सम्मान गरेको छ।

    आइतबार आयोजित कार्यक्रममा ४ जीपीए प्राप्त गर्ने न्यू नमुना इङ्लिस बोर्डिङ स्कुलका आदित्य थापा, सगरमाथा आवासीय माध्यमिक विद्यालयका सोयम नेपाली, तथा ग्रिन प्लान्ट आवासीय माध्यमिक विद्यालयका दर्शन भट्टराई र अनमोल जिसी सहित ३ .६ जीपीए भन्दा माथि उत्कृष्ट नतिजा हासिल गरेका ८६ जना विद्यार्थीलाई सम्मान गरिएको हो ।

    images
    images
    images

    एसईई–२०८२ मा शतप्रतिशत नतिजा हासिल गर्ने न्यू लुम्बिनी इङ्लिस बोर्डिङ स्कुल र मदरल्याण्ड एकेडेमीलाई पनि सम्मान गरिएको थियो।

    कार्यक्रममा प्रमुख अतिथि एवं देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले विद्यार्थीहरूले आफ्नो मेहनत र लगनशीलताबाट प्राप्त गरेको सफलताले देवदह नगरपालिकाको गौरव बढाएको बताउनुभयो। उहाँले विद्यार्थीहरूको भविष्य अभिभावकको सपना र अपेक्षासँग जोडिएको उल्लेख गर्दै उज्ज्वल भविष्य निर्माणका लागि निरन्तर मेहनत, अनुशासन र लगनशीलता आवश्यक रहेको धारणा राख्नुभयो।

    सगरमाथा आवासीय माध्यमिक विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले विद्यार्थीको क्षमता केवल प्राप्ताङ्कले मात्र निर्धारण नहुने उल्लेख गर्दै ज्ञान, सीप र व्यवहार पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो।

    इप्सा देवदहका संस्थापक सल्लाहकार एकनारायण काफ्लेले नियमित अध्ययन र निरन्तर सिकाइमा जोड दिँदै विद्यार्थीहरूको सिकाइलाई अझ व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउन इप्सा देवदह प्रतिबद्ध रहेको बताउनुभयो।

    प्रमुख सल्लाहकार रामबहादुर गुरुङले देवदहका विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता हासिल गर्दा नगरको पहिचान समेत उच्च हुने उल्लेख गर्दै विद्यार्थीहरूलाई मेहनतका साथ अध्ययन गर्न प्रेरित गर्नुभयो।

    सोही अवसरमा अभिभावक विष्णुध्वज जिसी तथा विद्यार्थी स्वयम नेपाली, आदित्य थापालगायतले सम्मानप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउन मिहिनेत गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

    इप्सा देवदहका अध्यक्ष विनोद थापा मगरले धैर्यता, इमान्दारिता र अनुशासनलाई सफलताको मूल आधारका रूपमा आत्मसात् गर्न सके जुनसुकै लक्ष्य हासिल गर्न सकिने बताउनुभयो।

    कार्यक्रम इप्सा देवदहका उपाध्यक्ष टिकाराम चापागाईंको स्वागत तथा सचिव कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij