लुम्बिनी पाना, देवदह। सगरमाथा आवासीय माध्यमिक विद्यालय, देवदह–७, शीतलनगरमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरूका अभिभावक तथा शिक्षकहरूबीच अन्तरक्रिया कार्यक्रम आज विद्यालयमा सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले शिक्षक र अभिभावकबीचको सहकार्यले विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। कार्यक्रममा बोल्ने अधिकांश अभिभावकहरूले शिक्षालाई व्यवहारिक तथा जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिनुभयो।
उक्त कार्यक्रममा कक्षा ६ का कक्षा शिक्षकहरू प्रदीप सापकोटा, उमेश राना र सन्तोषी सापकोटाले विद्यार्थीहरूको समष्टिगत विवरण प्रस्तुत गर्नुभयो।
कक्षा ६ का ६० जना अभिभावकहरूको उपस्थिति रहेको उक्त कार्यक्रम विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलको अध्यक्षता, सह–प्राचार्य लेखनाथ काफ्लेको स्वागत तथा मिनु घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij