सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

गुरु पूर्णिमाको अवसरमा नमुना एभरग्रीन ई.बो. स्कुलमा शिक्षक तथा कर्मचारी सम्मान

गुरु पूर्णिमाको अवसरमा नमुना एभरग्रीन ई.बो. स्कुलमा शिक्षक तथा कर्मचारी सम्मान

images
  • 471
    SHARES

  • images
    images
    images
    गुरु पूर्णिमाको अवसरमा नमुना एभरग्रीन ई.बो. स्कुलमा शिक्षक तथा कर्मचारी सम्मान
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। देवदह–२, रुपन्देहीस्थित नमुना एभरग्रीन ईङ्ग्लिस बोर्डिङ स्कुलमा गुरु पूर्णिमाको पावन अवसरमा शिक्षक तथा कर्मचारी सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको आयोजना एभरग्रीन बाल क्लब र एभरग्रीन इको क्लबले संयुक्त रूपमा गरेका थिए।

    कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रिन्सिपल कमल पौडेलले गुरु पूर्णिमा गुरु–शिष्य सम्बन्धको सम्मान, कृतज्ञता र प्रेरणाको पर्व भएको बताउनुभयो। उहाँले शिक्षक केवल ज्ञान प्रदान गर्ने व्यक्ति मात्र नभई विद्यार्थीको चरित्र निर्माण, अनुशासन, नैतिकता तथा उज्ज्वल भविष्यका मार्गदर्शक भएको उल्लेख गर्दै गुरुप्रति सम्मान र कृतज्ञताको भावना जीवनभर कायम राख्न विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो।

    images
    images
    images

    कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई टीका, खादा, फूल तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। साथै, विद्यार्थीहरूले गुरुहरूको सम्मानमा शुभकामना मन्तव्य तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए।

    कार्यक्रमको अध्यक्षता एभरग्रीन बाल क्लबकी अध्यक्ष सनिस्ता पाख्रिनले गर्नुभएको थियो। इको क्लबका उपाध्यक्ष शिवम आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन बाल क्लबकी सचिव सुस्मिता चालिसेले गर्नुभएको थियो।

    कार्यक्रममा इको क्लबकी अध्यक्ष गृश्मा सोमै, विद्यालयका संयोजक राज कुवर लगायत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij