सोमवार, आश्विन १२ गते २०८३
लुम्बिनी पाना, देवदह । देवदहमा पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी देवदह शाखा तदर्थ समितिको आयोजना तथा नेपाल रेडक्रस युवा सर्कल बुद्द पब्लिक आवासीय मा.विको आतिथ्यमा शुक्रबार प्रतियोगिता सम्पन्न भएको हो।
वक्तृत्वकला प्रतियोगितामा देवदह माध्यमिक विद्यालयकी छात्रा निस्तिका परियार प्रथम भएकी छन्। देवदह बोर्डिङ स्कुलकी लक्ष्मी तिवारी द्वितीय, न्यू लुम्बिनी बोर्डिङ स्कुलकी जेनिसा रेस्मी तृतीय तथा बुद्ध पब्लिक ई.बो. स्कुलकी सोफिया न्यौपाने र देवदह मदर टङ्स एकेडेमीकी इशा पौडेलले सान्त्वना स्थान हासिल गरेका छन्।
प्रतियोगितामा दोस्रो भएकी लक्ष्मी तिवारी र तृतीय भएकी जेनिसा रेस्मी जिल्ला स्तरीय वक्तृतवकला प्रतियोगिताका लागि छनोट भएकी छन्।प्रथम भएकी निस्तिका परियार जिल्लास्तरीय प्रतियोगितामा विशेष कारणवश उपस्थित हुन नसक्ने भएपछि क्रमशः दोस्रो र तृतीय स्थान प्राप्त गरेका विद्यार्थी जिल्लास्तरीय प्रतियोगिताका लागि छनोट भएका हुन् ।
प्रतियोगिताको निर्णायकमा चन्द्रकान्त पराजुली र सरिता सापकोटा रहेका थिए।
कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले विद्यार्थीको नेतृत्व क्षमता, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न जुनियर रेडक्रस सर्कलका गतिविधिहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीमा आफ्नो विचार स्पष्ट रूपमा प्रस्तुत गर्ने, आत्मविश्वास बढाउने तथा सामाजिक विषयप्रति जिम्मेवार बन्ने क्षमता विकास गर्ने उल्लेख गरे। वक्तृत्वकला जस्ता प्रतियोगिताले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउँदै भविष्यमा सक्षम र जिम्मेवार नेतृत्व विकास गर्नसमेत सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी देवदह शाखाका पूर्वसभापति कृष्णप्रसाद न्यौपानेले रेडक्रसका माध्यमबाट समाजमा मानवीय सेवा, सहयोग र सकारात्मक परिवर्तनका विभिन्न कार्य गर्न सकिने उल्लेख गरे। उनले विद्यार्थी जीवनदेखि नै सेवा, सहयोग र सामाजिक उत्तरदायित्वको भावना विकास गर्नुपर्नेमा जोड दिँदै जुनियर रेडक्रस सर्कलमार्फत विद्यार्थीलाई सामाजिक तथा मानवीय सेवाका गतिविधिमा जोड्न सकिने बताए।
कार्यक्रममा देवदह बुद्द पब्लिक आवासीय माविका अध्यक्ष सुबकान्त न्यौपाने, प्राचार्य कृष्ण गैरे, शिक्षक विद्यार्थीहरुको सहभागीता रहेको थियो।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी देवदह शाखा तदर्थ समितिका सभापति जयकिशन अधिकारीको अध्यक्षता, सदस्य राम बहादुर गुरुङको धन्यवाद ज्ञापन र सचिव विनोद थापा मगरको संचालनमा सम्पन्न भएको थियो।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij