
असोज १०, देवदह। अविरल वर्षा संगै आएको बाढीको कारण क्षेति पुगेका देवदहको बिभिन्न वार्डमा नेपाल रेडक्रस सोसाइटि देबदह उपशाखाले सहयोग गरेको छ।देवदहका बिभिन्न वार्डका ७ परिवारलाई बन्दोबस्तीका सामाग्री राहत स्वरुप प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटि देबदह उपशाखाका सभापति कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

देवदह १० रम्भादेबी टोलका लक्ष्मण श्रेष्ठ देबदह-१०, शान्तिटोलका गंगा बाहादुर पुलामी, देबदह-८, भाटाटोल बिशालनगरका कमला नेपाली,बुद्धराम नेपाली,भरत नेपाली,सागर नेपाली र देवदह-३टटेराका जागेश्वर चौधरीलाई राहत सामाग्री वितरण गरिएको हो।

राहत वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि देबदह उपशाखाका सभापति कृष्ण न्यौपाने,उपशभापति जयकिशन अधिकारी,वडा अध्यक्षहरू एक बहादुर सुनार,डन्डपानी भट्टराई,बैकुण्ठ कवर तथा जनप्रतिनिधि ज्युहरू, आजिबन सदस्य तथा समाज सेबी बालकुमार श्रेष्ठ,समाजसेबी मनकुमार कनौजे, युवारेडक्रस देबदहका बिकाश गहतराज,अर्जुन गैरे,अशोक गैरे,केशब न्यौपाने, दुर्गा बश्याल,पत्रकार निर्मल एसपी मगर लगायत स्थानियको उपस्थिति रहेको थियो।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij