सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

निजि बिद्यालयको शिक्षकको पिडा,तलब माग्दा जागिरवाट निष्काशन

निजि बिद्यालयको शिक्षकको पिडा,तलब माग्दा जागिरवाट निष्काशन

images
  • 3.3K
    SHARES

  • images
    images
    images
    निजि बिद्यालयको शिक्षकको पिडा,तलब माग्दा जागिरवाट निष्काशन
    images
    images
    images

    असोज १३,देवदह।रुपन्देहीको देवदहमा रहेको एक बिद्यालयले त्यहाँ कार्यरत शिक्षकको चैत्र ,बैशाख र जेष्ठको तलब नदिएको र तलब माग्दा बैशाख वाट जागिर बाट निकलिदिएको बताउने गरेको शिक्षक कमल चापागाईले बताएका छन्।

    118784484_2712280032208352_570753874290824323_n.gif

    images
    images
    images

    २०७५ साल बाट बुद्द पब्लिक स्कुलमा अध्यापन गराउन थालेका उनले २०७७ बैशाख वाट बिद्यालयले कुनै पनि क्रियाकलापमा सहभागी नगराएको र राजिनामा पत्र पनि माग नगरेको चापागाईं बताउछन। असोज ३ गते संबिधान दिवसको दिन विद्यालयको प्रिन्सिपललाई बिद्यालयको क्रियाकलापमा किन सहभागी गराउनु नभएको भनेर प्रश्न गर्दा जागिर बाट निकलिदिएको भनेको शिक्षक कमल चापागाईलेले बताए।

    असोजमा आएर अचानक जागिर वाट निकलिदिदा आफुलाई अन्याय भएको,निजि बिद्यालयको सस्था प्याब्सनले जेष्ठ सम्म न्युनतम २५ प्रतिशत तलब दिने निर्णय गरे पनि आफुले नपाएको गुनासो शिक्षक चापागाईको छ। बिद्यालय व्यवस्थापन समितिमा आफुले निबेदन दिएको र अझै सम्म केहि सुनुवाई नभएको चापागाईले गुनासो गरे।

    118756363_329877011701203_3445680361491121271_n.gif

    यता बिद्यालयका प्रिन्सिपल कृष्ण गैरेले भने २०७७ बैशाख ५ गतेको बैठक मा उपस्थिति नभएको र विद्यालयको क्रियाकलापमा पनि सहभागी नभएको र कोरोना संक्रमणको जोखिम कायमै रहेकोले राजिनामा पत्र माग नगरिएको तर जागिर बाट निकालिएको बताए ।

    प्याब्सन नगर समितिका अध्यक्ष बोधराज गौडेलका अनुसार बिद्यालय भित्रकै आन्तरिक समस्या भएकाले बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी ,संचालक समिति र प्रधानाध्यापक र जागिर बाट निष्काशित सिक्षक सहित संयुक्त बसेर समस्या हाल गर्नु पर्ने बताउनु भयो ।
    निजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले पनि मिलेर समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभयो।

    No description available.

    पिडित शिक्षकले भने आफुले भदौमा समेत एक हप्ता अनलाइन क्लास लिएको तर पछि प्रिन्सिपलले क्लास समेत लिन नदिएको बताए ।बिद्यालयले कि आफुलाई पुनर्बहाली गर्नु पर्ने,नभए असार सम्मको तलब दिनुपर्ने उनको माग छ ।

    देशभर संक्रमणका कारण देखाएर केहि निजी विद्यालय संचालकहरूले तलब रोक्का गरेका छन् ।जसका कारण निजी विद्यालयका शिक्षकहरूको जिविका धान्नै मुस्किल परेको पिडित शिक्षकहरू बताउँछन् । कोभिडकै निहुँमा तलब रोक्का मात्र होइन निजि विद्यालयहरूले कार्यरत शिक्षकहरूलाई समेत विद्यालयबाट निस्कासन गरेका छन् । जसका कारण निजी विद्यालयका देशभरिबाट तीन सय शिक्षकहरू बेरोजगार बनेका छन् ।

     

    images
    images
    • मंगलवार, आश्विन १३ २०७७०१:३२:२८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij