
असोज १८ ,बुटवल।प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीलाई लक्षित गरि ढुंगा प्रहर गरिएको छ। काठमाडौंबाट रुपन्देही फर्किदै गरेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीलाई लक्षित गरेर भैरहवाबाट बुटवल आउने क्रममा कालो झण्डा प्रदर्शन र बुटवलको राजमार्ग चौराहानजिक ढुंगा प्रहार भएको हो।
मुख्यमन्त्री सवार गाडी र मुख्यमन्त्रीको स्कर्टिङ गर्ने २ वटा गाडीमा क्षति भएको प्रहरी श्रोतले जनाएको छ। कति क्षति भयो भन्ने यकिन भएको छैन। प्रहरीले सोही स्थानबाट७ जना भन्दा बढीलाई पक्राउ गरेको छ।

मुख्यमन्त्री सवार गाडीमा कसले ढुंगा प्रहार गर्यो भन्ने खुलेको छैन।आज रुपन्देही बन्द र भोलि साबिक लुम्बिनीका जिल्लाहरु बन्द गरि प्रदेश कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको आन्दोलनकारीले घोषणा गरेका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij