मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी हुन सक्ने

५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी हुन सक्ने

images
  • 492
    SHARES

  • images
    images
    images
    ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी हुन सक्ने
    images
    images
    images

    कोरोना भाइरसका ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी हुन सक्ने भएको छ।

    सरकारले ५०० भन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा वा जिल्लाभित्रको कुनै भागमा कुनै सेवा वा कार्यमा रोक लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको हो।

    images
    images
    images

    २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा अन्य जिल्लाबाट प्रवेश गर्न र सवारीसाधनको आवतजावतलाई नियमन र व्यवस्थापन तथा नियन्त्रण गर्ने अधिकार समेत प्रमुख जिल्ला अधिकारीहरूलाई दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए।

    मन्त्रिपरिषद्को २६ असोजमा बसेको बैठकले अन्तर्राष्ट्रिय खुला सिमानामा हुने आवागमन ३० कात्तिक मध्यरातसम्मका लागि बन्द गर्ने पुरानो व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको पनि मन्त्री गुरुङले बताए।

    तर, १३ वटा प्रवेश विन्दुबाट नेपाल प्रवेश गर्न र मालसामानको ढुवानी व्यवस्थालाई यथावत कायम गर्ने निर्णय भएको छ। यो व्यवस्था विपरीत आवतजावत गरेमा कानून अनुसार कारबाही हुने पनि मन्त्री गुरुङले बताए।
    यस्तै संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जारी गरिएको आदेशको पूर्ण पालना गर्न समेत मन्त्रिपरिषद् बैठकले अपील गरेको छ।

    छोटो, मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधन र आन्तरिक हवाई उडानमा सिट अनुसारको यात्रु क्षमता राख्न पाउने र ११ चैत २०७६  अगाडिकै भाडादर कायम हुने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, कार्तिक ३ २०७७०८:४१:३५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij