कार्तिक ९ ,काठमाडौं । शनिबार राति भक्तपुरमा एक भारतीय नागरिकको हत्या भएको छ । भारतको उत्तर प्रदेश जयन्तीपुर रोड अलि मस्जित मुरादावाद घर भई हाल भक्तपुर नगरपालिका- १ ईटापाकोस्थित दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने ३५ वर्षका शाहिव हुसैनको हत्या भएको हो ।
हत्यामा उनीसँगै काम गर्ने भारतीय नागरिक २३ वर्षका सलमान खान र १९ वर्षका सानु अन्सारी संलग्न रहेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले जानकारी दिए ।
उनीहरुलाई नियन्त्रणमा लिएपछि कोठामा खानतलासी गर्दा दुबै जनाको कोठाबाट रगत लागेको लुगा र जुत्ता फेला परेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij