कार्तिक २९ ,देवदह।रुपन्देहीको देवदहमा संचालित इ रिक्साहरुको संस्था व्यवसायी चालक हित कोषले शुभ दिपावलीको अवसरमा आफ्ना शेयरहरुलाई बोनस वितरण गरेको छ।
१५ जना इ रिक्सा व्यवसायी चालकहरुले २०७३ साल वाट मासिक २०० रुपैया संकलन गरि स्थापना गरेको कोषमा हाल ४७ जना सदस्यहरु रहेका छन्।
नगद २ हजार रुपैयाको दरले ४७ जना चालक शेयर सदस्यहरुलाई बोनस वितरण गरिएको हो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij