मंसिर ७,बुटवल। कोरोना भाइरस संक्रमण (कोभिड १९) को कारण २०७६ चैत्र देखि हाल सम्मको अवधिमा रुपन्देहीमा १०९ जनाले ज्यान गुमाएका छन्। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले निकालेको तथ्यांकले हाल सम्म १०९ जानको कोरोना संग सम्बन्धित कारणले ज्यान गुमाएको देखाएको छ।
रुपन्देहीमा हाल सम्म ७ हजार ६ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको छ। जस मध्य हाल सम्म ६ हजार ६ सय ८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। ८ सय ८६ जना आइसोलेसनमा उपचाररत छन।
पछिल्लो २४ घन्टामा रुपन्देहीमा जम्मा ७ जनामा कोरोना पोजेटिभ देखिएको छ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij