बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

बेवारिसे शव जलाउने नेपाली छोरी सपना रोका मगर ‘विश्वको प्रभावशाली महिला’को सूचीमा

बेवारिसे शव जलाउने नेपाली छोरी सपना रोका मगर ‘विश्वको प्रभावशाली महिला’को सूचीमा

images
  • 423
    SHARES

  • images
    images
    images
    बेवारिसे शव जलाउने नेपाली छोरी सपना रोका मगर ‘विश्वको प्रभावशाली महिला’को सूचीमा
    images
    images
    images

    अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीको विश्वका एक सय प्रभावकारी तथा प्रेरणादायी महिलाको सूचीमा नेपालकी सपना रोका मगर पर्नुभएको छ । जीवन कठिन परिस्थिति र अशान्तमय बनेको अवस्थामा पनि अरु भन्दा फरक गरेर समाजमा परिवर्तन ल्याउने महिलालाई विश्वबाट खोज गरिन्छ र वार्षिक रुपमा त्यस्ता एक सय महिलाको सूची बीबीसीले सार्वजनिक गर्दै आएको छ ।

    बीबीसीको उक्त सूचीमा फिनल्याण्डमा गठबन्धन सरकारको नेतृत्व गर्नुभएको सान मरिन सबैभन्दा शिर्ष स्थानमा हुनुहुन्छ । त्यसैगरी, अक्सफोर्ड विश्वविद्यालयमा कोरोनाभाइरस विरुद्धको खोप अनुसन्धान गर्ने सरह गिलबर्ट समेत उक्त सूचीमा हुनुहुन्छ । बीबीसीको उक्त सूचीमा एकजना महिलाको स्थान रिक्त राखिएको छ । बीबीसीको अनलाइन संस्करणले लेखेको छ, “असाधारण वर्षमा अरुलाई सहयोग गर्दागर्दै अनगिनित महिलाले त्याग गरेको हुनसक्छ, श्रद्धाञ्जली स्वरुप एकजनाको नाममा एक स्थान रिक्त राखिएको छ । ”तीन महिनासम्म घरवारबिहीन बन्न पुगेकि सपना काठमाडौंको यात्रा गर्नुभयो । काठमाडौंको पशुपति आर्यघाटमा दाबी नगरिएको शव ब्यवस्थापन गर्ने एक संगठनमा उहाँ आबद्ध हुन पुग्नुभयो ।

    images
    images
    images

    कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको शव नेपाली सेनाले ब्यवस्थापन गर्दै आएको छ । सपना आबद्ध संस्थाले सनाखत हुन नसकेको बेवारिसे शवलाई अस्पताल पुर्याएर पोष्टमार्टम गराउँछ । ३५ दिनसम्म कुनै ब्यक्तिले उक्त शवमाथि दाबी नगरेको अवस्थामा सपना आबद्ध संस्थाले धार्मिक परम्परा अनुसार शदगद् गर्दै आएको छ । दागबत्ती दिने कामदेखि प्राबिधिक काममा सपना प्रत्यक्ष संलग्न हुँदै आउनुभएको छ । उक्त सूचीमा आबद्ध हुनुअघि सपना रोका मगरले भन्नुभएको छ, “विश्वमा धेरै घरवारबिहीन भएर त्यागिएका ब्यक्ति छन् । सडक र गल्लीमा मृत्यु हुनेले समेत आफ्नो अन्तिम अधिकार पाउनुपर्छ, सामाजिक सेवाको रुपमा मात्र नभई मैले आफ्नो मन मस्तिष्कमा शान्तीको लागि उक्त काम गर्दै आएकी छु ।”

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, मंसिर ९ २०७७०७:४७:०१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij