मंसिर १४ ,देवदह।रुपन्देहीको देवदहमा रहेको देवदहको पुरानो मध्यको सहकारी कोलिय देवदह सहकारीले आफ्नो १६ औ स्थापना दिवसको अवसर पारेर अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कोभिड १९ पछि सहकारीको मार्गदर्शन र सहकारी एकीकरणको आवश्यकता बिषयमा देवदहमा रहेका बिभिन्न सहकारीका प्रतिनिधिको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा कोलिय देवदह साकोसका अध्यक्ष सुबकान्त न्यौपानेले संस्थाको स्थापना देखि अहिले सम्मको अवस्थाको बिषयमा प्रकाश पार्नु भएको थियो।
प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद माननीय डा कृष्ण प्रसाद न्यौपानेले सहकारीको कारण सर्बसाधारणलाई आर्थिक कारोबार गर्न सहज भएको बताउनु भएको थियो। समृद्द नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिनको लागि सहकारीको ठुलो योगदान रहने उहाको भनाइ थियो।
नेपाल बचत तथा ऋण सहकारी संघका अध्यक्ष परितोष पौडेलले कोभिडका कारण सहकारीमा परेको प्रभाव ,चुनौती र सहकारीको अबको कार्यदिशाको बिषयमा चर्चा गर्नुभएको थियो। सहकारी एकीकरणको लागि अभियाननै चलाएर लाग्नु पर्ने आवश्यकता रहेको उहाले बताउनु भएको थियो।
कार्यक्रममा पल्लाबी साकोसका दिवाकर ,मुल्यवान साकोसका अध्यक्ष गोबिन्द ठडराई ,कोलिय देवदह साकोसका संस्थापक सदस्य कृष्ण प्रसाद पौडेल ,ऋषिराम सापकोटा ,प्रकाश अर्याल लगायतले सुभकामना मन्तब्य राख्नु भएको थियो।
कार्यक्रम संस्थाका उपाध्यक्ष बिष्णु प्रसाद पौडेलको स्वागत र सचिब कृष्ण राज पौडेलको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij