मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बाग्लुङको पर्यटकीयस्थलमा चहलपहल बढ्दै

बाग्लुङको पर्यटकीयस्थलमा चहलपहल बढ्दै

images
  • 365
    SHARES

  • images
    images
    images
    बाग्लुङको पर्यटकीयस्थलमा चहलपहल बढ्दै
    images
    images
    images

    कोरोना भाइरस (कोभिड–१९) का कारण गत वर्षदेखि सङ्कटमा परेको बागलुङको पर्यटन पुनः जुर्मुराउन थालेको छ । लकडाउनकै समयमा बाग्लुङमा आधा दर्जन नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको छ। 

    कोरोना र यसका कारण गरिएको लकडाउनमा घर आसपासमा खुम्चिएका नागरिक अहिले फेरि घुम्न निस्किने प्रचलन बढेको छ । पछिल्लो समय गाउँ गाउँमा होमस्टेको विकास, पर्वत–बागलुङ जोड्ने विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल निर्माण हुनु, बुद्ध हिल, सोलेडाँडा, कालिलेक, डुडेलेक, बेलढुङ्गा, हाँडिकोट जस्ता नयाँ पर्यटकीय गन्तव्यको पहिचान, पूर्वाधार विकास, प्रचारप्रसार र प्रवर्द्धनसँगै पर्यटकको चहलपहल हुन थालेको हो। 

    images
    images
    images

    कोरोनाका कारण आवागमन ठप्प प्रायः बनेका बागलुङको भकुण्डे, सर्वसिद्धि धाम पञ्चकोट, प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिर, शालिग्राम सङ्ग्रहालयमा पछिल्लो समय आन्तरिक पर्यटकको आवागमन र चहलपहल  बढ्न थालेको होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताए। 

    ‘कोरोनामा शून्य भएको पर्यटन क्षेत्रमा केही आशा र उत्साहको परिदृश्य देखिन थालेको छ,’ अध्यक्ष राजभण्डारीले भने, ‘नयाँ गन्तव्यको पहिचान, पूर्वाधार विकास, प्रचारप्रसार र प्रवर्द्धन गर्न सके छिट्टै जिल्लामा पर्यटन चहलपहल बढ्नेछ।’

    दशैँको केही दिनअघि मात्रै बागलुङको पर्यटन प्रवर्द्धनमा लागेका युवाहरु जैमिनी नगरपालिकास्थित हाँडीकोट टापु पुगेका थिए । घुमन्ते र पर्यटन क्षेत्रमा कलम चलाएका र प्रवर्द्धनमा सक्रिय युवा तथा पत्रकार हाँडिकोट पुगेपछि अहिले हाँडिकोट चर्चामा छ । त्यस क्षेत्रमा अहिले आन्तरिक पर्यटक दैनिकजसो आउने क्रम बढेको स्थानीय तिलक क्षत्रीले बताए। 

    सोही समूहका युवाहरूले पुनः दशैँपछि नयाँ पदमार्गको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यसहित काठेखोला गाउँपालिकाको वडा नम्बर ३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमानामा अवस्थित बेलढुङ्गाबाट ताराखोलाको डुडेलेक, तमानखोलाको सोलेडाँडा बराह ताल हुँदै ढोरपाटनसम्म एक हप्ताको पैदल यात्रा गरे । यसलाई उनीहरुले ‘मगर सामुदायिक पदमार्ग’ नामकरण गरे । यस पदमार्गमा मगर समुदायको अधिक बस्ती भएको र संस्कार संस्कृति, खानपान, स्वागत सत्कार सबै हिसाबले मगर सामुदायिक पदमार्ग नामकरण गरिएको फोटोग्राफर आरके अदिप्त गिरीले बताए। अब लामो सफर गर्न चाहनेलाई यस रुटमार्फत पदयात्रा गर्ने अवसर हुनेछ। 

    ‘पहिला गृह जिल्ला अनि स्वदेशका चार किल्ला’ भन्ने नारासहित कारोना कहरकै बीचमा बाग्लुङको स्थापित र नयाँ सम्भावनाका गन्तव्यमा पुगेर पर्यटन प्रवर्द्धनात्मक अभियान चलाइरहेको पर्यटन अभियानकर्मी एवं घुमन्ते टोलीका सदस्य खिमबहादुर क्षत्रीले बताए।

    ‘बन्दाबन्दीकै बीचमा बागलुङका नयाँ पुराना पर्यटकीय गन्तव्यमा पुगियो, समाचार, सामाजिक सञ्जाल र युट्युवको माध्यमबाट धेरै प्रचारप्रसार प्रवर्द्धन गरेर यो बीचको समय उपयोग गरियो,’ क्षत्रीले भने, ‘सामाजिक सञ्जालबाटै युवा बागलुङ जिल्लाका पर्यटकीय गतिविधिप्रति आकर्षित भइरहेका छन्, यसको प्रभावले पर्यटकीय गतिविध बढ्दै गएको छ ।’

    लकडाउनकै बीचमा बाग्लुङ नगरपालिकाभित्रै बुद्ध हिलले पनि पहिचानसँगै राम्रै चर्चा पायो । बाग्लुङ नगरपालिका–६ र ७ को सिमानामा पर्ने बैजनीको पाखोमा रहेको बुद्धको आकृति भएको पहाडले पहिचान पाएसँगै अहिले दैनिक १०० को हाराहारीमा पर्यटक पुग्ने गरेको बागलुङ–६ का वडाध्यक्ष खिमराज सापकोटाले बताए।

    स्थानीय तहले पर्यटकीय क्षेत्रप्रति चासो देखाउनु, पर्यटकीय क्षेत्र भ्रमणमा युवा पुस्ताको आकर्षण तथा बढ्दो सामाजिक सञ्जालको प्रयोगले पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहज भएको धौलागिरि पर्यटन प्रवर्द्धन विकास समितिका अध्यक्ष खिमानन्द कँडेलले जानकारी दिए। उनले ताराखोला गाउँपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाको सङ्गमस्थलका रूपमा रहेको कालिलेक, पाण्डवखानीको पञ्चधारा जस्ता नयाँ स्थानको समय कोरोना कहरका बीचनै बाहिर आएको बताए।

    विश्वकै लामो दाबी गरिएको बागलुङ नगरपालिका–१ रामरेखा र पर्वतको पाङ अदुवाबारी जोड्ने पुल अवलोकनका लागि बाहिरी जिल्लाबाट पर्यटक आइरहेका छन् । सरकारले लामो समयदेखि मठमन्दिर, धार्मिक गतिविधिमा रोक लगाए पनि पछिल्लो समय कालिका मन्दिर दर्शनमा आएका भक्तजनलाई सामाजिक दूरी कायम गरी दर्शन गर्ने व्यवस्था मिलाएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितका अध्यक्ष राजु खड्काले बताए।

    ‘दर्शन गर्न आएकालाई फर्काउन पनि समस्या भयो, पर्यटकीय क्षेत्रमा चहलपहल शुरु भइसकेपछि कालिका मन्दिर दर्शन गर्न आउनेको संख्यामा विस्तारै वृद्धि भएको छ,’ बाग्लुङ पर्यटन विकास समितिका अध्यक्ष  रहेका खड्काले भने, ‘कोरोनाले खुम्चाएको पर्यटन क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल भइरहेको छ ।’    

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, मंसिर १४ २०७७०८:५६:१०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij