मंसिर २०,देवदह।रुपन्देहीको देवदहमा रहेको निर्माण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा भर्चुअल माध्यम बाट सम्पन्न भएको छ।
२०७० मा स्थापना भएर देवदह क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको निर्माण सहकारीले बिशेष गरि कृषि उत्पादन मुलक कार्यलाई प्राथमिकतामा राखी कार्य गर्दै आएको छ।
साधारण सभामा संस्थाका अध्यक्ष मोतिलाल ढकाल 'कृष्ण'ले संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। त्यस्तै संस्थाका लेखा सुपरिबेक्षक खेम नारायण अधिकारी र सुमित्रा जैसीले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद,उद्योग प्रयटन तथा अर्थ सभापति माननीय दधिराम न्यौपानेले एकता र सहकार्य बिना अगाडी बढ्न नसकिने भन्दै सहकारीको माध्यम बाट समृद्द र समाजबादको बाटो तर्फ लाग्नु पर्नेमा जोड दिनुभएको थियो।
कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका सचिब साना किशान कृषि सहकारीका अध्यक्ष टिका न्यौपाने ,देवदह नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पदम थापा,सामाजिक राजनीतिक व्यक्तित्व गोबिन्द पंगेनी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो।
कार्यक्रम संस्थाका उपाध्यक्ष सुन्दरी गिरीको स्वागत तथा संस्थाका सचिब सुभचन्द्र भुषालको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij