मंसिर २१ ,बुटवल। गुरु ईन्फोसिस प्रालिले बनाएको गुरु कोर बैंकिङ सिस्टम (सफ्टवेर एज अ सर्भिस ) को अवधारणासहित बजारमा आएको छ।
युवा सूचना प्रविधि व्यवसायीहरूद्वारा सञ्चालित एवं प्रबर्धित गुरु ईन्फोसिस प्रालिले सहकारी संस्थाहरूका लागि बहुउपयोगी एकीकृत गुरु कोर बैंकङ सिस्टम बजारमा ल्याएको हो।
एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम बैंकिङ, मिसकल बैंकिङ, ट्याब्लेट बैंकिङ, एबिबिएस जस्ता अत्याधुनिक सेवा सुविधाका साथ गुरु कोर बैंकिङ सिस्टम नेपाली बजारमा आएको हो।
उक्त सफ्टवेयर क्लाउडमा आधारित भएर चल्ने निर्माता कम्पनीले जनाएको छ। यसमा शेयर, बचत, ऋण, इन्स्योरेन्स म्यानेजमेन्ट, फाइल म्यानेजमेन्ट, एक्टिभिटी लग, अडिट लग, अटो बर्थडे मेसेज आदी मुख्य फिचर छन्। अटो डे क्लोज र अटो ब्याकअप हुने भएकाले प्रयोगकर्ताले ब्याकप लिने र सुरिक्षत गर्ने झन्झटबाट मुक्त हुने कम्पनीको दाबी छ।
गुरुको मोबाइल बैंकिङ प्रयोग गरी सहकारीको खातादेखि बैंकमा रकमान्तर गर्न पनि सकिने छ। सहकारीका लागि चहिने सम्पूर्ण सेवा आफ्नै सिस्टमबाट दिन सकिने भएकाले सहकारीले अन्य सुविधाका थप सफ्टवेर प्रायोग गर्नुनपर्ने भएको छ।
सफ्ट्वेयर अत्याधुनिक र सजिलो छ। यसका साथै सम्पति शुद्धिकरण जस्ता अन्य गुण्स्तर सुनिश्चिततासँग सम्बन्धित समय सान्दर्भिक प्रतिवेदनहरु पनि सफ्टवेरमा समावेश गरिएको छ।
काठमाडौंको न्युरोडमा प्रधान कार्यलय रहेको कम्पनीले चितवन, नवलपुर, रुपन्देही, बर्दिया, कास्की, मकवानपुर, पर्सा, सुनसरीमा फिल्ड कार्यलय खोलेको छ। ती कार्यालयबाट पनि सुविधा दिने संस्थाका प्रमुख कार्यकारी अधिकृत सुधीर सापकोटाले जानकारी दिएका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij