मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नेविसंघद्वारा सरकारको विरोध गर्दै सिठ्ठी जुलुस प्रदर्शन

नेविसंघद्वारा सरकारको विरोध गर्दै सिठ्ठी जुलुस प्रदर्शन

images
  • 371
    SHARES

  • images
    images
    images
    नेविसंघद्वारा सरकारको विरोध गर्दै सिठ्ठी जुलुस प्रदर्शन
    images
    images
    images

    मंसिर २८,काठमाडौं।नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सिठ्ठी जुलुस निकालेको छ ।नेविसंघले आइतबार काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि सरकारको गतिविधिको विरोध गर्दै सिठ्ठी जुलुस निकालेको हो।पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार तथा सरकारको गतिविधी जनता केन्द्रित नभएको भन्दै विरोध गरिएको नेविसंघले जनाएको छ ।

    त्यस्तै कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सरकार गम्भीर नभएको, भ्रष्टचार बढ्दै गएको, सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको सिठ्ठी जुलुसमा सहभागीहरुले आरोप लगाए ।

    images
    images
    images

    नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले जनताले दिएको दुईतिहाई मतलाई नेकपाले दुरुपयोग गरेको र जनताका लागि केही पनि गर्न नसकेको भन्दै विरोध स्वरुप सिठी जुलुस निकालिएको बताए ।

    त्यस्तै नेविसंघका महामन्त्री मनोज बैद्यले सरकारको गतिविधि लोकतन्त्र विरोधी भएकाले जुलुस निकालिएको जनाए । उनले अबका दिनमा पनि सरकार नसच्चिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

    नेपाली कांग्रेसले सोमबार सरकारको विरोध गर्दै देशभर प्रदर्शनको तयारी गरेको छ । मंसिर २९ गतेको विरोध सभा सफल पारौं लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरेका थिए ।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, मंसिर २८ २०७७०७:१२:५९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij